मनिषाका प्रेमीविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर (भिडियो)

ENGLISH

मनिषाका प्रेमीविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर (भिडियो)

21 June, 2016 | Sandeep Bhattarai | 1295 Views | comments

सर्वस्वसहित जन्मकैद माग

नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी विमल घर्तीमगरकी बहिनी मनिषा घर्तीमगरको हत्या उनकै प्रेमी आशिष चौधरीले गरेको निश्कर्ष निकाल्दै नवलपरासी प्रहरीले चौधरी माथि जिल्ला अदालत नवलपरासीमा कर्तव्य ज्यान मुद्दा दायर गरेको छ ।

Bimal-Gharti-Magar-teturn-to-home-fro-beljiyam-after-his-sister-muder

घटना भएको २५ दिने अनुसन्धानपश्चात घटनास्थलमा प्रहरीले फेला पारेको प्रमाण र प्रहरीको अनुसन्धानले मनिषाको हत्यामा आशिष नै जिम्मेवार भएको निश्कर्ष निकाल्दै प्रहरीले आशिष विरुद्ध सोमबार नवलपरासी जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको हो । मनिषाको मृत्यु पश्चात प्रहरीले मनिषाको प्रेमी चौधरीलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । प्रहरीको नियन्त्रणमा रहेको चौधरी माथि मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १३ देहाय ३ बमोजिम सोमबार जिल्ला अदालत नवलपरासीमा मुद्दा दायर गरिएको नवलपरासीका सरकारी अधिवक्ता रुद्रप्रसाद पन्थीले बताए ।

उनले मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम चौधरीलाई सर्वस्वसहित जन्मकैदको माग गरिएको बताए । ‘आज अदालतमा मुद्दा दर्ता गरेका छौं,’ भोलि अदालतमा आशिषको बयान लिइनेछ,’ सरकारी वकिल पन्थीले भने, ‘त्यसपछि अदालतद्वारा प्रमाणका आधारमा आशिषलाई कानुन बमोजिम कारवाही हुनेछ ।’ घटनास्थलमा फेला परेका सिसाका टुक्रा, घाँटीमा लागेको पासो (कपडा), मनिषाले लगाएको च्यातिएको अन्तरवस्त्र लगायतका प्रमाण अदालतमा मनिषाको हत्याको प्रमाणस्वरुप पेश गरिएका छन् ।

घटनाको दिन जेठ १२ गते आशिषले प्रयोग गर्ने मोबाइल नम्बरबाट मनिषाले प्रयोग गर्ने मोबाइल नम्बरमा ८ बजेर ३२ मिनेट २७ सेकण्डमा अन्तिम कल गरेको देखिएको थियो । प्रहरीले मनिषा र आशिषवीच मोबाइलमा भएको कुराकानीको कल रेकर्ड एवं मोबाइल म्यासेजमार्फत भएको कुरा लगायतका विषयमा समेत अनुसन्धान गरेको थियो । मनिषाको मृत्युको अनुसन्धान घटनामा प्रहरीले आफ्नो नियन्त्रणमा रहेका आशिष चौधरीको पोलिग्राफ परीक्षण समेत गरेको थियो । अभियुक्तले दिएको बयान साँचो हो वा झूठो हो भन्ने पुष्टि गर्नका लागि प्रहरीले पोलिग्राफ वयान लिने गरिन्छ ।

उक्त पोलिग्राफमा परीक्षणमा आशिषलाई ‘मनिषा घर्तीमगरको मृत्यु तपाईले गराउनुभएको हो’ भन्ने प्रहरीको प्रश्नमा आशिषले ‘होइन’ भन्ने जवाफ दिएको र उक्त जवाफको पोलिग्राफ जाँच गर्दा आशिषको प्रारम्भिक बयानसँग मिलेको बताइएको थियो ।

भिडियो –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK