मनवीर गुर्जर बने ‘बिग बस १०’ का विजेता,स्वामी ओम प्रहरीको फन्दामा

ENGLISH

ENTERTAINMENT

मनवीर गुर्जर बने ‘बिग बस १०’ का विजेता,स्वामी ओम प्रहरीको फन्दामा

31 January, 2017 | Bhawana Pathak | 725 Views | comments

बिग बसको १० औं संस्करणको फिनाले आइतबार भारतको लोनावालमा भयो । मनवीर गुर्जर कार्यक्रमका बिजेता घोषित भए । स्मरण रहोस्, मनवीरसँगै मनु पञ्जाबी, लोपामुन्द्रा राउत र गुरबानी जज अर्थात बानी पनि फिनालेमा पुगेका थिए ।

big bos final

फिनालेको क्रममा ‘बिग बस’ को तर्फबाट चारै फाइनालिष्टलाई १० लाख रुपैयाँ लिएर कार्यक्रमा छोड्ने शर्त अघि सारियो ।दुबैको अगाडि एउटा बजर राखिएको थियो । शर्त यो थियो कि चारजनामध्ये जसले पहिलो बजर दबाउँछन् उनलाई १० लाख रुपैयाँ दिएर फिनालेको दौडबाट बाहिर गरिन्छ । अन्तिमम, मनु पञ्जाबीले बाहिर निस्कने निर्णय लिए । उनी १० लाखसहित कार्यक्रमबाट बाहिरिए ।

टप टुमा पुग्न सकिनन् लोपामुन्द्रा राउतः
लोपामुन्द्रा राउतले फिनालेसम्म पुग्नका लागि निकै मेहनत गरिन् । उनी शीर्ष तीन फाइनलिष्टमा संलग्न पनि भइन् ।यद्यपी, शीर्ष दुईमा पुग्नका लागि भने उनी चुकिन् । भोटको आधारमा उनी तेस्रो स्थानमा रहिन् र फिनालेबाट बाहिरिइन् ।

बिजेतको रुपमा घोषित भएपछि उनले आफूले पाएको नगद पुरस्कारको केही हिस्सा सलमानको ‘बिइङ ह्युमन’ लाई दान दिएका छन् ।रनर अप बानीलाई उनले अत्यधिक भोटले हराउँदै ४० लाख नगद पुरस्कार जितेका छन् ।

स्वामी ओम पक्राउ
‘बिग बस टेन’ को ग्राण्ड फिनाले भन्दा केही समय पहिले स्वामी ओमलाई पक्राउ गरिएको छ । सोसल मिडियामा आएको केही पोष्टमा यस्तो दाबी गरिएको छ । स्वामी ओम आफ्नो समर्थकसहित फिनाले रोक्न लोनावाला स्थित ‘बिग बस’ को घरमा पुगेका थिए । उनले त्यहाँ निकै बबाल गरे । जसका कारण पुलिसले उनलाई पक्राउ परे । फिनालेको सुटिङपश्चात् उनलाई छोडिएको जानकारीमा उल्लेख छ ।

बिग बसको फिनालेमा स्वामी ओमलाई निमन्त्रण नदिइने खबर सार्वजनिक भएको थियो । यसको जवाफमा उनले केही समय पहिले भनेका थिए, ‘यदि मलाई बोलाइएन भने म फिनाले हुनै दिन्नँ । कसैलाई पुरस्कार लिनै दिन्नँ ।’‘म स्टेजमा आगो लगाइदिनेछु र घरमा आगो लगाउँछु र बिग बसमा बचेका प्रतिस्पर्धीलाई अपहरण गर्नेछु ।‘यसका लागि सरकारले मलाई फाँसीमा लगाएपनि मलाई मतलब छैन । मलाई यसमा फरक पर्दैन ।’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

om-bikram-bishta

म निको भए भने अमेरिकाका मा नि:शुल्क गीत गाउने छु : पप सम्राट बिष्ट

दुवै मिर्गौला खराव भएका पप सम्राट ओम बिक्रम बिष्टले...

indonesia-earthquake

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जाकार्ता । मध्य इन्डोनेसियामा अवस्थित बाली द्विपमा बिहीबार ६.२...

new-york

न्युयोर्कमा ‘नेपाल गन्तव्य’ कार्यक्रम सम्पन्न

नेपालको पर्यटन–प्रबर्धनमा सघाउ पुर्याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK