मनकामना मन्दिरको पुनः निर्माणबाट राज्यले सिक्नुपर्ने : पर्यटन मन्त्री अधिकारी

ENGLISH

POLITICS

मनकामना मन्दिरको पुनः निर्माणबाट राज्यले सिक्नुपर्ने : पर्यटन मन्त्री अधिकारी

30 October, 2018 | Kabiraj Adhikari | 3615 Views | comments

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भर्खरै पुनः निर्माण सम्पन्न भएको गोरखाको मनकामना मन्दिरको पुनः निर्माणबाट राज्यले सिक्नुपर्ने बताउनुभएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति भएकोे मनकामना मन्दिर पुरानै संरचनाअनुसार पुनःनिर्माण सम्पन भएपछि सोमबार अवलोकन गर्न पुग्नुभएका मन्त्री अधिकारीले मन्दिर निर्माणका लागि नेपाल सरकारले चार करोड रुपैयाँ मात्र उपलब्ध गराएको भए पनि बाँकी रु नौ करोडभन्दा बढी रकम जनसहभागिताबाट सङ्कलन हुनु नमूनायोग्य कार्य भएको बताउनुभयो ।

उहाँले पुनःनिर्माण सम्पन्न गर्न बाँकी ऐतिहासिक तथा धार्मिक सम्पदाको पनि यही ढाँचाबाट निर्माण अघि बढाउनुपर्नेमा जोड दिनुभयो । “मनकामना मन्दिर पिपिपी मोडल अर्थात् निजी तथा सार्वजनिक संस्थाको सहकार्यमा निर्माण गरिएकाले समयमा नै निर्माण सम्पन्न भएको हो,” मन्त्री अधिकारीले भन्नुभयो, “यसबाट राज्यले पुनःनिर्माणका लागि पाठ सिक्नु जरुरी छ ।” उहाँले मन्दिरको थप विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गोरखाको शहीद लखन गाउँपालिका–२ स्थित मनकामना मन्दिरबारे छलफलमा मन्दिर व्यवस्थापन समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले मन्दिरको निर्माणको काम सम्पन्न भइसकेको र मन्दिरको पेटीहरुमा ढुङ्गा छाप्ने काम भइरहेको जानकारी दिनुभयो ।

मनकामना मन्दिर २०७२ साल असारमा क्षमापूजा गरी भत्काएर पुनःनिर्माण शुरु गरिएको थियो । मन्दिर निर्माणका लागि १८ किलो सुन खर्च भएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK