मधेसको माग छिट्टै पूरा हुने : अध्यक्ष ठाकुर

ENGLISH

POLITICS

मधेसको माग छिट्टै पूरा हुने : अध्यक्ष ठाकुर

9 January, 2017 | Sandeep Bhattarai | 1340 Views | comments

महन्थ ठाकुर

तराई मधेस लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मधेसको माग छिट्टै पूरा हुने बताउनुभएको छ । 

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सोमबार  तमलोपाको नयाँ पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष ठाकुरले अब मधेसको माग पूरा हुनबाट कसैले रोक्न नसक्ने दाबी गर्नुभएको छ ।

सोही अवसरमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले एमालेसहितका दलले संसद् अवरोध अथवा अन्य कुनै कार्यक्रम गरेर पनि अब मधेसलाई अधिकार प्राप्तिबाट रोक्न नसक्ने दोहो-याउनुभयो ।

उहाँले वर्तमान संविधान अपूरो र अधुरो रहेको तथा कसैले पनि संविधानको गलत व्याख्या गरेर कसैको अधिकार प्राप्तिमा रोक लगाउन नसक्ने भएकाले मधेसले पाउनुपर्ने सबै अधिकार दिलाएरै विराम लिने बताउनुभयो ।

उहाँले वर्तमान सरकारलाई संविधान संशोधनको विकल्प नरहेको र सबै नेपालीलाई समान हक अधिकार दिन संविधान संशोधन नगरी नहुने भएकाले सरकारले छिट्टै संविधान संशोधन गर्नेमा सबैलाई विश्वस्त रहन आग्रह गर्नुभयो ।

अध्यक्ष ठाकुरले संविधान संशोधन बिना देशले निकास नपाउने र केही दलले चाहँदैमा सरकारले संविधान संशोधनको प्रक्रिया नरोक्ने तथा छिट्टै सम्पूर्ण नेपालीको माग पूरा हुने गरी संविधान संशोधन हुने बताउनुभयो ।

मधेस आन्दोलनका मृतकका परिवारलाई जनही १० लाख दिने सरकारको निर्णय

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

om-bikram-bishta

म निको भए भने अमेरिकाका मा नि:शुल्क गीत गाउने छु : पप सम्राट बिष्ट

दुवै मिर्गौला खराव भएका पप सम्राट ओम बिक्रम बिष्टले...

indonesia-earthquake

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जाकार्ता । मध्य इन्डोनेसियामा अवस्थित बाली द्विपमा बिहीबार ६.२...

new-york

न्युयोर्कमा ‘नेपाल गन्तव्य’ कार्यक्रम सम्पन्न

नेपालको पर्यटन–प्रबर्धनमा सघाउ पुर्याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK