मदन जवज र ओली सरकार

ENGLISH

मदन जवज र ओली सरकार

जवजको आलोकमा मुलुक अगाडी बढेको छ, अब बिकास र समृद्दी जोड्नु पर्छ

28 June, 2016 | Dhurba Pokharel | 5605 Views | comments

अमृत देवकोटा 

ताप्लेजुङजस्तो दुर्गम पहाडी जिल्लाको विकट गाविसमा जन्मिएर पनि नेपाल राष्ट्रको नेता मात्र हैन, राजनेताका रूपमा आफूलाई स्थापित गर्नुभएका मदन भण्डारीले, राजनीति सम्पन्न ठाउँमा जन्मिएका सम्भ्रान्त परिवारका मानिसहरूले गर्ने पेसा हो भन्ने परम्परागत मान्यतालाई गलत सावित गरिदिनुभयो । मन्त्री, प्रधानमन्त्री वा राष्ट्रपति नभएर पनि उहाँ सबैभन्दा चर्चित व्यक्तित्व बन्न सफल हुनुभयो। एउटा मध्यम किसान त्यसमाथि पनि परम्परागत ब्राह्मण परिवारको सदस्य भएर अति नै परम्परा र अन्धविश्वासमा जकडिएको नेपाली समाजलाई भौतिकवादी मान्यताबाट आधुनिकीकरणको दिशामा डोहोर्याउनु निश्चय नै ‘एन्टी करेन्ट’ काम हो। तर, मदन भण्डारीले त्यो गर्नुभयो । त्यसैले उहाँ राजनेता हुनुभयो।

मार्क्सवादबाट दिशानिर्देश भएको कम्युनिस्ट आन्दोलनले आफूलाई दुनियाँकै सबैभन्दा वैज्ञानिक र सचेत विज्ञानका रूपमा परिभाषित गरे पनि यो आन्दोलनभित्र अनेकौँ जडसूत्रवादी सोच, नोकरशाही कार्यशैली केही मात्रामा ‘सामन्तवादी’ व्यवहारहरू रहेको छँदै थियो। अझ तेश्रो बिश्व बाट एक पछी अर्को कमुनिस्ट आन्दोलन ओरालो लागेको बेला, कमुनिष्ट सरकार ढल्दै गर्दा भण्डारीले नयाँ बहसको सुरु मात्र गर्नु भएन जनताको बहुदली जनवादको रुपमा कम्युनिट बिचारधारको सिर्जनात्मक  रुपमा सफल प्रयोग कर्ता बन्नु भयो । नेपालका लागि मात्र होइन विश्वको ध्यानाकर्षणको प्रतीकको रुपमा आफुलाई उभ्याउनु भयो । सबै कुरालाई आफ्नो ज्ञान, अध्ययन, विचार र नेतृत्वको माध्यमबाट परास्त गर्दा नौजवान उमेरमै मुलुकलाई हल्लाउन सक्ने र समाजलाई आफ्ना पछाडि हिँडाउन सक्ने जुन तागत मदन भण्डारीमा अन्तरनिहीत थियो । त्यसको प्रस्फुटन उहाँको भर्भराउँदो युवा उमेरमै भयो ।

मदन भण्डारीले एउटा सशक्त ‘मास लिडर’का रूपमा मात्र हैन मुलुककै उदीयमान राजनेताको शिखरमा आफूलाई उकाल्नुभयो । राजनेता भीडबाट लतारिँदैन बरु भीडलाई कन्भिन्स गरेर पछि लगाउन सक्छ भन्ने दृष्टान्त उहाँले प्रस्तुत गर्नुभयो । आज हरेक पार्टीका नेताहरूले त्यस कुराबाट सिक्ने हो भने देश बलेर खरानी भइरहेको रमिता हेरेर बस्नुपर्ने अवस्था आउने थिएन । दुनियाँमा साम्यवादी आन्दोलनले धक्का र प्रतिरक्षाको सामना गरिरहनुपरेका बेला एकदलीय अधिनायकवाददेखि तानाशाहीको आरोप लागिरहेको, राज्यसत्ता बन्दुकको नालबाट जन्मन्छ भन्ने उग्रवामपन्थी विचारले आन्दोलनलाई ग्रस्त बनाइरहेको, क्रान्ति, राज्यसत्ता, अधिनायकत्वजस्ता सवालमा जडसूत्रवादी र पुरातन मान्यता नै कायम भइरहेको बेला मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौँ भन्ने नाराका साथ जडसूत्रवाद र विसर्जनवादबाट नेपालको साम्यवादी आन्दोलनलाई जोगाउँदै जबजलाई अघि सार्ने कामको अगुवाइ कमरेड मदन भण्डारीले गर्नुभयो । जनताको बहुदलीय जनवाद पुराना र असफल मान्यताहरू माथिको जबर्जस्त हस्तक्षेप थियो र एउटा वैचारिक छलाङका रूपमा अघि सारिएको थियो । त्यसमा मदन भण्डारीले अनगिन्ती राजनीतिक/अराजनीतिक आरोपको सामना गर्नुभयो र ती सबैसँग सार्वजनिक बहसमा उत्रिएर अन्ततः परास्त नै गर्नुभयो ।

‘सिद्धान्तका लागि बलिदान’ भन्ने कम्युनिस्ट ‘वाइबल’लाई बदलेर ‘जीवनका लागि सिद्धान्त …?’ भन्ने वस्तुवादी धारणालाई स्थापित गरेर उहाँले आफूलाई वैचारिक नेताका रूपमा स्थापित गर्नुभयो र आफ्नो विचारधारात्मक ‘मिसन’मा अत्याधिक ठूलो हिस्सालाई सँगै लिएर हिँड्न सफल हुनुभयो । त्यसैले त हुनसक्छ– अमेरिकाबाट निस्कने पत्रिकाको आवरण पृष्ठमा छापियो ‘कार्ल मार्क्स लिभ इन नेपाल ।’ मदन भण्डारीले राजनेताको उचाइ ग्रहण गरेको त्यो सबैभन्दा महत्वपूर्ण क्षण थियो ।

मदन भण्डारी अद्भूत देशभक्त राजनेताका रूपमा चिनिनुभयो। विशेषगरी तत्कालीन संविधानको धारा १२६ लाई लत्याएर गिरिजा सरकारले टनकपुरमा गरेको राष्ट्रघातलाई उहाँले सडक र सदनलाई जोड्दै सङ्घर्षको नेतृत्व गरेर परास्त गर्नुभयो। नेपालको राष्ट्रिय हित, भौगोलिक तथा क्षेत्रीय अखण्डता, जातीय, धार्मिक तथा साम्प्रदयिक सद्भावका पक्षमा आफू उभिनुभयो, पार्टी र आन्दोलनलाई पनि सँगसँगै उभ्याउनुभयो। त्यसबापत् देशभित्र र बाहिरबाट उहाँले अनेकौँ धम्कीको सामना गर्नुपर्यो तर पनि देशभक्तिको मामलामा उहाँले कुनै सम्झौता गर्नुभएन। त्यसैले उहाँको मृत्युको शोकमा राजा वीरेन्द्रले ‘मुलुकले एउटा देशभक्त राजनेता गुमाएको’ तथ्य उल्लेख गरे। नेपालको भूराजनीतिक अवस्थितिलाई देखाएर देशभक्तिको आन्दोलनमा खुट्टा कमाउनेका लागि मदन भण्डारीको जीवनको यो पाटो पनि विशेष रूपले प्रेरक हुनसक्छ । ०५० साल जेठ ३ गते दासढुङ्गामा रहस्यमय दुर्घटनाको बाहना रचेर उहाँको हत्या गरियो । के नेपालको राजनीतिमा मदन भण्डारीजस्ता राजनेताको नियतिको शृङ्खला समाप्त भयो वा नयाँ रूपमा पुनरावृत्ति भइरहेको । सबैले पुनः ठण्डा दिमागले सोच्नु आवश्यक छ ।

जवजको आलोकमा आज मुलुक अगाडी बढेको छ । मदन भण्डारीको महत्व अझ बढदै गयो जव पछिल्लो दुई दशकमा नेपाली राजनीतिमा नेतृत्वको खडेरीनै देखियो । तर यो पछिल्लो पटक उनै भण्डारीलाई केहि हद सम्म पच्छ्याउदै बिकास र समृद्दिको सपना देखाउन हरपल कोसिश गर्नु भएका हालका प्रधानमन्त्री के.पी शर्मा ओलीले भण्डारीले देखेको सपनामा केहि कदम लिएको देखिन्छ । यो सुखद पक्ष हो । राजनीति आन्दोलनले नयाँ संबिधान सहित एउटा अध्याय पुरा हुदै गर्दा अबको बिकास सहितको समृद्द नेपाल बदल्नुले मात्र  मदन भण्डारीप्रति सच्चा सम्मान हुनेछ ।

आज उहाको ६५औँ जन्मदिन ।  जननेता मदन भण्डारी प्रति भावपूर्ण श्रद्धाञ्जलि ।

लेखक लाइ  यहाँ  क्लिक गरे भेट्न  सकिन्छ  

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

डेनमार्कमा संविधान दिवस मनाइयो

डेनमार्कमा संविधान दिवस मनाइयो, विभिन्न देशका उच्च-पदस्थ कुटनीतिज्ञहरुको उपस्थिति

नेपालमा देशभर संविधान सभा दिवस मनाइ रहंदा विदेश स्थिति...

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल...

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारत विजयी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK