मदन आश्रितको स्मृतिमा श्रद्धाञ्जलि सभा

ENGLISH

मदन आश्रितको स्मृतिमा श्रद्धाञ्जलि सभा

17 May, 2017 | Bhawana Pathak | 700 Views | comments

नेकपा(एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र स्थायी समिति सदस्य जीवराज आश्रितको स्मरणमा उहाँहरु सवार जीप दुर्घटनास्थल दासढुङ्गामा आज स्मृति सभा गरिएको छ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउँदै गर्दा उहाँहरु चढेको जिप मुग्लिन–नारायणगढ सडक खण्डको दासढुङ्गामा दुर्घटना भई त्रिशूलीमा खस्दा नेताद्वयको निधन भएको थियो ।

नेकपा (एमाले) चितवनले कार्यक्रमको आयोजना गरेको सो सभामा बोल्दै प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा दासढुङ्गा र गाँजीपुरमा नमुना स्मृतिपार्क बन्ने बताउनुभयो ।

गाँजीपुर मदन भण्डारीको शव भेटिएको स्थान हो । मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई कार्यान्वयन गर्दै अगाडि बढ्नसके मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य विजय सुवेदी, चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, उपाध्यक्ष तेजेन्द्र खड्का, सचिव पार्वती रावललगायतले मदन भण्डारी र जीवनराज आश्रितले देखाएको बाटोमा अगाडि बढ्न सके देशलाई समृद्ध बनाउन सकिने बताउनुभयो ।

नेपाल सरकारले उहाँहरुको दुर्घटना भएको स्थल दासढुङ्गा र शव भेटिएको ठाउँ गाँजापुरमा स्मृति पार्क बनाउँदै छ । एमाले चितवनकी सचिव पार्वती रावलका अनुसार दासढङ्गामा मदन–आश्रित स्मृतिपार्क र गाँजीपुरमा मदन स्मृतिपार्क निर्माण गरिँदैछ ।

पहिलो चरणमा करिब रु १० करोड बराबरको जग्गा खरिदका लागि बोलपत्र आह्वान समेत भइसकेको उहाँले बताउनुभयो । जिल्लामा स्थानीय तहको निर्वाचनको मतगणनाका कारण यसपटक ठूलो कार्यक्रम भने हुन सकेन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका केकीको जन्मदिन

नायिका केकीको जन्मदिन

नेपाली कथानक चलचित्र ‘राज्जा रानी’ को नायिका केकी अधिकारीले...

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता

सिंगापुरलाई पराजित गर्दै नेपालले जित्यो एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको उपाधि

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको...

अनिता सुब्बा

न्युयोर्कमा छायाँकन गरिएको अनिताको ‘झुम्दै बितोस यो रात’को भिडियो सार्वजनिक(भिडियो सहित)

अनिता सुब्बाको ‘झुम्दै बितोस यो रात’ भिडियो सार्वजनिक भएको...

म्युजिक भिडियो सार्वजनिक

सुजाता र राजको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

सुजाता उपाध्याय र राज सिग्देलको ‘यो ऐना भनाउदो’ बोलको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK