मतदान गर्न तनहुँ पुगेका कलाकार बिक्रम परियारको हत्या

ENGLISH

ENTERTAINMENT

मतदान गर्न तनहुँ पुगेका कलाकार बिक्रम परियारको हत्या

15 May, 2017 | Bhawana Pathak | 675 Views | comments

तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित छाला उद्योगनजिकै आज अपराह्न अज्ञात समूहले ढुङ्गा प्रहार गरी एक जनाको हत्या गरेको छ । सोही समूहले अर्का एक जनालाई घाइते बनाएको छ ।

ढुङ्गा प्रहारबाट मृत्यु हुनेमा व्यास नपा–१ भादगाउँ घर भई हाल काठमाडौँ बस्दै आएका ४२ वर्षीय विक्रम परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक सुरेन्द्र गुरुङले बताउनुभयो ।

पाँच÷छ जनाको समूहले परियारलाई ढुङ्गाले हानेर गम्भीर घाइते बनाएको उहाँले बताउनुभयो । घाइते परियारको उपचारका लागि दमौलीतर्फ ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही समूहको आक्रमणबाट व्यास नपा– १ कै देवनारायण श्रेष्ठको दाहिने कानमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । उनको अहिले मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।

दमौलीस्थित रत्नहरि अस्पतालका डा रामकुमार श्रेष्ठले अस्पताल पु¥याउना साथ परियारलाई मृत घोषणा गरेका थिए । डा श्रेष्ठले परियारको टाउकोमा तीन ठाउँमा गहिरो गरी काटेको र अत्याधिक रगत बगेकाले मृत्यु भएको हुनसक्ने बताउनुभयो । शनिबार मात्रै परियार र श्रेष्ठ स्थानीय तहको निर्वाचनमा मतदान गर्न काठमाडौँबाट दमौली आएका थिए ।

घटनामा संलग्न व्यक्तिको तीव्र खोजी भइरहेको प्रहरी निरीक्षक पण्डितले बताउनुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK