मगर संघ, शाखा कतारद्वारा चन्द्र प्रसाद पुन मगर र देउ ब. थापा मगरलाई सहयोग

ENGLISH

NRN GLOBAL

मगर संघ, शाखा कतारद्वारा चन्द्र प्रसाद पुन मगर र देउ ब. थापा मगरलाई सहयोग

23 September, 2016 | Krishna Adhikari | 1035 Views | comments

“सम्पुर्ण मगर हरुको एकता अहिलेको आवश्यकता “ भन्ने मुल नाराको साथमा ३० जुन सन् २००० मा स्थापना भएको नेपाल मगर संघ, शाखा कतारले यस संघको मातहत रहेको दोहा एरिया समितिका पुर्व सल्लाहकार सदस्य तथा संघका आजिवन सदस्य (सदस्य न. २११/३३५०“ए“ ) रुम गा.बि.सा वार्ड न.९ निवासी कतारमा कार्यरत वकिरमा बस्दै आएका चन्द्र पुन मगरको ५१ बर्षको उमेरमा मिति ६ जुलाई २०१६ तारीख राती सुतेको अवस्थामा अकास्मात हृदयघातको कारणले असामयिक निधन भएको थियो ।

16092226unnamed-10

उहाँ नरम मिजासका असल ब्यक्तित्व हुनुका साथै आफ्नो जाति र संघलाई धेरै माया र लगनशिलता लिने सदस्य हुनुहुन्थ्यो । भाविको लिला पनि अपार छ । उहाँले यस संघलाई अतुलनिय योगदान दिनु भएको थियो । यस संघले मृतक चन्द्र प्रसाद पुन मगरको परिवारलाई आर्थिक सहयोग स्वरुप ने.रु. ५०००० (पचास हजार ) नेपाल मगर संघ केन्द्रीय कार्यलय कलंकीमा निजका धर्मपत्नी चैती पुन मगर लाई नेपाल मगर संघ, केन्द्रिय समिति काठमाडौंको रहोवरमा संघका केन्द्रिय पदाधिकारीहरु अध्यक्ष नवीन रोका मगर, महासचिव ज्ञनेन्द्र पुन मगर, महिला उपाध्यक्ष गंगा खासु मगर, कोषाध्यक्ष कमला थापा मगर केन्द्रिय सदस्य तथा खाडी क्षेत्र संयोजक छत्र घले मगर (यस संघका पुर्व अध्यक्ष) को उपस्थितीमा सहयोग रकम हस्तान्तरण गरीएको थियो ।

उहाँका धर्मपत्नी चैती पुन मगरले कतार मगर संघवाट आर्थिक सहयोग भएकोमा संघका सदस्य तथा संघलाई हार्दिक धन्यवाद दिनुहुँदै उहाँ यस धरातलमा नरहे पनि उहांको समाज परिवर्तन प्रतिको लगाव र मायाँ अमर रहनेछ भन्नु हुँदै भाव व्हिवल हुंदै उहांको आँखा रसाएको थियो । यसरी नै संघवाट तनहुँ साभाङ्ग भगवतीपुर गा.बि.सा वार्ड. न. ६ निवासी देउ बहादुर थापा मगरको काठमाडौंको चावहिल स्थित ॐ हस्पिटलमो पेटको क्यान्सरवाट पिडित भई उपचार गराउदै आएको र उहांको घरको स्थिति पनि आर्थिक अवस्था पनि नाजुक रहेका वारेमा लेखि आर्थिक सहयोगका लागी नेपाल मगर संघ, तनहुँ जिल्ला कार्यसमितिले पठाएको पत्र चलानी न.२०७२/७३ पत्र संख्या ७ र साभाङ्ग भगवतीपुर गा.बि.स.ले दिएको सिफारिस पत्र अनुसार नेपाल मगर संघ, शाखा कतारले बिरामीको सिघ्रस्वास्थ लाभको कामना गर्दै सहयोग स्वरुप रु. २०००० (बिसहजार ) आर्थिक सहयोग नेपाल मगर संघ, शाखा कतारका पुर्व अध्यक्ष तथा बर्तमन केन्द्रिय सल्लाहकार, खाडी क्षेत्र संयोजक छत्र घले मगरले अस्पतालमानै गएर बिमारीलार्इृ हस्तान्तरण गर्नु भएको थियो ।

बिमारी थापा मगरलाई १२ पटक सम्म किमो चढाउनु पर्ने डाक्टरको सल्लाहनुसार उहाँले दोस्रो पटक किमो चढाउंदै हुनुहुन्छ । एक पटक किमो चढाउनका लागी ने.रु. पचास हजार लाग्ने बताउनु भएको थियो । उहांको रोग निको गराईदिनका लागी विश्वभरमा रहेको नेपाली दाजुभाई तथा दिदिवहिनीहरुलाई हार्दिक अनुरोध गर्दै नेपाल मगर संघ, शाखा कतारलाई ह्रदयदेखि नै हार्दिक धन्यवाद दिनु भयो ।

सहयोगका लागी ईच्छुक महानुभावहरुले विमारी देउ व. थापा मगरको संपर्क नं. ०९७७ ९८१६१०९६२४ मा सिधा संपर्क गरी सहयोग गर्नका लागी नेपाल मगर संघ, शाखा कतार हार्दिक अनुरोध गर्दछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सोलिडारिटी कप

फिफा बारियतामा नेपाल एक स्थान खस्कियो : नेपाल १७६ औं स्थानमा

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले सोमबार जारी गरेको नयाँ...

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु

यमपञ्चक सुरु : आज काग तिहार

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु नेपालीको...

एनआरएनएको अध्यक्षमा भवन भट्ट बिजयी

काठमाडौंमा सोमबार सम्पन्न निर्वाचनबाट भवन भट्ट गैरआवासीय नेपाली संघ...

गैर आवासीय नेपाली

एनआरएन को सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना

गैर आवासीय नेपालीहरुको सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापनाका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK