मक्कास्थित मस्जिदको क्रेन दुर्घटनामा, नेपाली तीर्थयात्री सुरक्षित

ENGLISH

NRN GLOBAL

मक्कास्थित मस्जिदको क्रेन दुर्घटनामा, नेपाली तीर्थयात्री सुरक्षित

13 September, 2015 | Sandeep Bhattarai | 475 Views | comments

makkaमुसलमानहरुको प्रसिद्ध तीर्थस्थल साउदी अरेबियाको मक्कास्थित मस्जिदमा क्रेन खस्दा १०७ जना तीर्थयात्रीको मृत्यु भएको र दुई सयभन्दा बढि घाइते भएकामा नेपाली भने परेका छैनन् ।

मस्जिदमा सयौँ मानिसले शुक्रबारको प्रार्थना गरिरहेका बेला दिउँसो एक्कासी आएको भारी वर्षा र हावाहुरीका कारण मस्जिदमाथि रहेको क्रेन खस्दा सो दुर्घटना भएको हो । घटनामा परी ज्यान गुमाउनेहरु कुन मुलुकका नागरिक हुन् भन्ने एकिन विवरण आइनसकेको साउदी सरकारले जनाएको छ । घटनामा परी भारतीय, पाकिस्तानी, श्रीलङ्काली, मलेसियाली, बङ्गलादेशी नागरिकहरु घाइते भएको बताइएको छ ।

स्रोतका अनुसार क्रेन खसेको ठाँउमा इरानी नागरिकहरु रहेका थिए । घटनापश्चात उद्धारका लागि साउदी सरकारले तत्कालै आपतकालीन टोली खटाएको थियो । उद्धारका लागि ३९ वटा एम्बुलेन्स र स्वाथ्यकर्मी खटाइएको जनाइएको छ ।

पछिल्लो जानकारी अनुसार उक्त दुर्घटनामा नेपालीहरु भने कोही पनि नपरेको सूचना प्राप्त भएको नेपाली राजदूतावास साउदीका कार्यबाहक राजदूत आनन्दप्रसाद शर्माले जानकारी दिनुभएको छ । हजका लागि अहिलेसम्म ६२० जना नेपाली मुस्लिम साउदी आइसकेको भएपनि सो घटनाबाट सबै नेपाली तिर्थयात्री सुरक्षित रहेको कार्यबाहक राजदूत शर्माले बताउनुभयो ।

विश्वका मुस्लिम समुदायहरुको सबैभन्दा ठूलो पवित्र तीर्थस्थलका रुपमा रहेको उक्त मस्जिद क्षेत्रलाई बिस्तार गर्ने कार्य भइरहेकोले मस्जिद माथि क्रेन रहेको थियो । निर्माण कार्यका लागि मस्जिदको एक भागमा ठड्याइएकोे ठूलो क्रेन खसेको थियो ।

विश्वभरबाट हजका लागि यहाँ आउने लाखौँ मुसलमानलाई हज यात्राका लागि स्वागतको तयारी भइरहेको थियो । हज सुरु हुन १० दिन बाँकी रहँदा हजका लागि विश्वभरबाट अहिलेसम्म दश लाख मानिस साउदी आइसकेको बताइएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK