मंसिर १५ देखि चलचित्र फिक्का प्रदर्शन हुने

ENGLISH

ENTERTAINMENT

मंसिर १५ देखि चलचित्र फिक्का प्रदर्शन हुने

15 November, 2017 | Kunjar Bhattarai | 1285 Views | comments

ग्रामिण क्षेत्रमा ब्याप्त गरिबीको विषयवस्तुमा आधारित चलचित्र ‘फिक्का’ को प्रदर्शन मंसिर १५ गतेदेखि प्रारम्भ हुने भएको छ ।

पारिवारिक प्रेमकथालाई  समेत चित्रण गरिएको उक्त चलचित्रको निर्माण नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष तथा नेपालकी पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठले गरेकी हुन् ।

युवा निर्देशक जनक खड्काद्वारा निर्देशित उक्त चलचित्रका प्रस्तुतकर्ता अजय सुनार हुन् । उनी जापानमा बसोबास गर्छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण भैरहेको हाँस्य कार्यक्रम ‘ट्वाक्कटुक्क रिटन्र्स’ का सहायक निर्देशकको रुपमा कार्यरत खड्काले यसअघि २१ वर्षकै उमेरमा चलचित्र ‘२१ वर्ष’ निर्देशन गरेका थिए ।

यसअघि जापानमा प्रदर्शन भसकेको चलचित्र ‘फिक्का’ मा अजय सुनार, दुर्गाराज पाण्डे, शर्मिला नेपाल, राधिका घिमिरे, ईश्वरी बराल, मुस्कान काप्री आदि कलाकारले अभिनय गरेका छन् । रीता खाती सुनारको लेखन, एनबी अञ्जानको कला निर्देशन रहेको यो चलचित्रमा राजु श्रेष्ठको सम्पादन, अनन्त घिमिरेको कलर करेक्सन, अमित श्रेष्ठले व्याकग्राउण्ड म्युजिक तथा मिक्सिङ गरेका छन् ।

चलचित्रलाई सुनिल मानन्धरले वितरण गर्न लागेका हुन् ।नेपालसहित बेल्जियम, स्पेन, बेलायत, बहराइन सहितका देशमा समेत यो चलचित्र प्रदर्शन हुने चलचित्रका प्रस्तुतकर्ता तथा अभिनेता अजय सुनारले बताएका छन् ।

‘ऐश्वर्य’ जापानमा प्रदर्शन हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK