मंगोलियन हर्टले आफ्नो रजत महोत्सवको कार्यक्रम युएईमा मनाउदै

ENGLISH

NRN GLOBAL

मंगोलियन हर्टले आफ्नो रजत महोत्सवको कार्यक्रम युएईमा मनाउदै

3 December, 2018 | Sandeep Bhattarai | 1825 Views | comments

मंगोलियन हर्टराष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा लोकप्रिय एवं स्थापित नेपालका चार्चित सांगीतिक समूह ‘मंगोलियन हर्ट’ले स्थापनाको २५ वर्ष पूरा भएको रजत महोत्सव (सिल्बर जुब्ली)को अवसरमा संयुक्त अरब इमिरेट्समा पनि दुईवटा सांगीतिक कार्यक्रम हुने भएको छ ।

यहि मङ्सिर २० र २१ अर्थात डिसेम्बर ६ र ७ मा युएईका दुई शहर अबुधाबी र बर दुबईमा हुने मंगोलियन हर्टको भब्य सांगीतिक कार्यक्रमको आयोजना दुबई नेपाली रक्सले गरेको हो ।अबुधाबीमा डिसेम्बर ६ तारिखमा ली मेरिडियन होटेल र डिसेम्बर ७ तारिखमा बर दुबईको अस्टोरिया होटेलस्थित क्लब एभरेस्टमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजक नेपाली रक्सका यमन गुरुङ ले जानकारी दिनु भयो ।

मंगोलियन हर्टका म्यानेजर एवं गीतारिस्ट बबी लामाका अनुसार ब्याण्डको सांगीतिक यात्रा २५ बर्ष पुगेकोमा २५ ठाउँमा सांगीतिक कन्सर्ट गर्ने लक्ष्य अनुरुप अहिले सम्म ८ वटा ठाउँमा गरिसकेको युएईको २ वटा कार्यक्रम पछि बाँकी १५ ठाउँको गर्ने तयारी लगभग सकिन लागेको छ

म्यानेजर लामाका अनुसार ब्याण्डले गर्नु पर्ने तयारी पुरा गरिसकेको र युएईमा पहिलो पल्ट हुन लागेको हुनाले पनि ज्यादै उत्साहित भएको साथै नयाँ र पुरानो गीतले दर्शकलाई मज्जाले नचाउने पनि जानकारी दिनुभयो यसै कार्यक्रम लागि गायक राजु लामा अमेरिकाबाट आइसकेका छन ।नेपाली सांगीतिक समूहहरु लामो समय सम्म टिक्न नसक्ने भन्ने भनाइलाई असत्य साबित गर्दै ब्याण्डले भब्य कार्यक्रमहरु गर्दै ‘सिल्भर जुब्ली’का कार्यक्रमहरु गर्दै आइरहेको छ ।

मंगोलियन हर्ट

७ वटा एल्बमका ५ दर्जन गीतहरु बजारमा आइसकेका नेपाली मेलोडी पप र सेलो गीतहरु गाउन सिपालु मंगोलियन हर्टका ‘हल्ला चलेछ’, ‘उँभो उँभो खासा’, ‘तिमीलाई देखेर’, ‘बादल पारिको देशबाट’, ‘सायद तिम्रो बाटोमा’, ‘मेरो नेपाल’,‘ओई नाना, ‘नतानुँ त तानुँ लाग्ने’, ‘गाजलु टीका’ लगायत गीत चर्चित छन्।

‘मंगोलियन हर्ट’ब्याण्डको नयाँ गीत ‘एक जोडी नयन’ सार्वजनिक

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK