भूकम्प पीडितलाई आएको सहयोग खै कहाँ गयो?

ENGLISH

भूकम्प पीडितलाई आएको सहयोग खै कहाँ गयो?

12 March, 2016 | Sandeep Bhattarai | 565 Views | comments

Santosh-Chokhalदेश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनिहरुमा हार्दिक नमस्कार । आज एकपल त्यो कालो दिनको सम्झना आयो । ११ महिना अघि अर्थात् वैशाख ११ र वैशाख २९ । ती दिनहरु नेपालको कालो दिन नै बन्न पुगे । त्यो बेला सारा नेपालीहरु रोइरहेको थिए त्यती मात्र होइन विश्वले हामीलाई हेर्दै तत्कालिन, दिर्घकालिन सहयोग पठाइरहेको थियो । विदेशिएका सारा नेपालीहरु सहयोगको याचना गर्दै विदेशीको अगाडी हात फैलाउँदै थिए । त्यसैबेला सुनिएको थियो कोही वीर गोर्खालीले त भूकम्पमा सहयोग उठाएर घर बनाउनु भयो रे । कोही हाम्रा माननीय नेताज्युहरुले त भूकम्प पीडित भन्दै आफ्ना परिवारलाई चीनसम्म घुम्न पठाउनु भयो रे ।

क्या गजवको छ नेपाल अनि हामी सज्जन नेपालीहरु । हाम्रा सम्माननीय नेताज्यूहरुको त कुरै नगरौ । तर विडम्बना हामी कसैले नि भूकम्पको सहयोग कहाँ गयो भनेर प्रश्न उठाउँन सकेनौ । सायद विश्वले दिएको सहयोग हामीले सही ठाउँमा सदुपयोग गर्न सक्थ्यौ भने नेपाल आफैमा जापान, अमेरिका बन्न सक्थ्यो । गलत हामी नै छौ । खोइ आजसम्म प्रश्न उठाउन सकेको ? भूकम्पको सहयोग कहाँ गयो ? नेपाल कहिलेसम्म भद्रगोल बनिरहने हो ? नेपाल कहिले बन्ने ? गणतान्त्रिक नयाँ नेपालमा आजसम्म दाहाल, खनाल, नेपाल, भट्टराई, कोइराला, ओली जो आए पनि केही भएन नेपालमा । लडी लडी आयो आफ्नो सात पुस्तालाई टन्न बनायो गयो । आफ्नो क्षमताले त नेपाल बन्दै बनेन । कहिले बन्ने हो यो बेला नबने ?

भूकम्प आइरहँदा बाहिर मान्छेहरु भन्ने गर्थे नेपाल हाइटी नबनोस् जापान बनोस् । तर नेपाल हाइटीको बाटोतिर जाँदै छ । हामी यस्तो छौ अरुले दिएको सहयोग त उपयोग गर्न सक्दैनौं आफूले के गर्छौ होला । नेताहरु चैनबैन र मोजमस्ती गर्नमा ब्यस्त हामी नेपाली जनताहरु ती नेताहरुको पछि लाग्नमै व्यस्त । देश–विदेशमा विभिन्न सामाजिक संघसंस्था देखि एनआरएनसम्मका संघ संगठनहरु छन् तर खोइ कुरा सकेको, कुरा उठाउने को ? प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको रे । खोइ कहाँ गयो त्यो सहयोग ? हामी नेपालीहरु यति सज्जन छौं, राम्रो कुरालाई होइन नराम्रो कुरालाई मज्जाले साथ दिन्छौं । हे प्रभु नेपाल केही त बन्दै बनेन भूकम्प पीडितले केही पाउँदै पाएनन् ठीक छ तर भूकम्पको सहयोग कहाँ गयो ? प्रश्नको उत्तर कसले दिने ?

आज एक वर्ष हुन लागिसक्दा पनि सरकार मौन छ केही गर्ने योजना छैन । कहिले बन्छ नेपाल ? अझ हाम्रो अत्यन्तै हितैसी मित्र भारतले नाकाबन्दी मात्र के गरेको थियो हाम्रा नेतादेखि मन्त्रीसम्मलाई क्या सजिलो भो भने केही गर्नै परेन । के खोज्छस कानो, आँखा जस्तो भो । कहिलेसम्म नेपाल यस्तै हुने हो ? भूकम्पले भत्किएका नेपालका धरोहरहरु कहिलेसम्म बन्ने हुनु ? यतिबेला सरकार पनि जवाफविहिन छ होला । अब त लाजैमर्दो भो नेपाललाई ठूलो सहयोग गरेको जापानका राजकुमारले नेपालमा के के हुँदैछ भनेर प्रश्नसम्म सोधेका छन । यसको जवाफ के दिने ? हामीलाई जवाफ चाहियो ! सरकार नेपालमा केके हुँदैछ ? भूकम्पको सहयोग कहाँ गयो ?

(चोखाल नेपाल जापान विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष हुन । )

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

हैदरावाद

आइपिएलमा हैदरावाद विजयी : कोलकाता १४ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK