भूकम्पपीडितलाई पहिलो किस्ता दिन २० अर्बको अख्तियारी

ENGLISH

भूकम्पपीडितलाई पहिलो किस्ता दिन २० अर्बको अख्तियारी

27 July, 2016 | Bhawana Pathak | 975 Views | comments

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान पाउने भूकम्पपीडितलाई घर निर्माण गर्न पहिलो किस्ता रकम दिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई अख्तियारी दिएको छ ।

bhukampa-pidit

प्राधिकरणका अनुसार करिब २० अर्ब रुपैयाँ बजेटको अख्तियारी दिएको हो । प्राधिकरणका अनुसार चार लाख ७४ हजार चार सय ४४ भूकम्पपीडितलाई पहिलो किस्ता रकम उपलब्ध गराउन २३ अर्ब ७२ करोड २२ लाख रुपैयाँ आवश्यक पर्छ । अनुदान रकम व्यवस्थापन गर्न सरकार र दातृ निकायको १९ अर्ब ३३ करोड नौ हजार एक सय ५० रुपैयाँ खर्च गर्न सकिनेछ ।

बाँकी चार अर्ब ३८ करोड ३० लाख ५० हजार रुपैयाँ अघिल्लो वर्षको बचत तथा विभिन्न गैरसरकारी संस्थामार्फत उपलब्ध गराउने व्यवस्था गरिएको छ । उपत्यकाबाहिरका भूकम्प अति प्रभावित जिल्ला र ललितपुरको कार्यविनायक नगरपालिका गरी पाँच लाख ३३ हजार एक सय ६८ घरधनीको नाम दुई लाख रुपैयाँ अनुदान पाउने सूचीमा परेको छ ।

त्यसमध्ये ३७ हजार ७२ घरधनीको यसअघि पहिलो किस्तामा जम्मा भएको छ । यसअघि सरकारले एक अर्ब ८५ करोड ३६ लाख रुपैयाँ अनुदान रकम वितरण गरेको छ । अर्थ मन्त्रालयले करिब ८४ अर्ब रुपैयाँको बजेट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई अख्तियारी दिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याडिसनमा ‘नाफा साहित्य साँझ २०७४’ सम्पन्न

गत नोभेम्बर १८ शनिवारका दिन संयुक्त राज्य अमेरिकाको विस्कन्सिन...

यान कुमारी

यानकुमारीले टोरन्टो करातेमा स्वर्ण जितिन्

क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले...

न्युयोर्कका राजन थपलियाको उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित

विजय थापा, न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक...

कन्चन अमात्य क्लिन्टन फाउन्डेशन को ‘ प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

विजय थापा, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा सञ्चालित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK