कोरियामा संकलित रकम जापान पठाइयो

ENGLISH

NRN GLOBAL

कोरियामा संकलित रकम जापान पठाइयो

22 June, 2016 | Sandeep Bhattarai | 1095 Views | comments

सहयोगी हातप्रती बिरामी भिमाद्धारा आभार प्रकट

bhimaभिमा कुमारी बचाउ अभियान कोरियाले संकलन गरेको अडचालीस लाख चौवन्न हजार दुइ सय दुइ वन जापान पठाइएको छ । कोरियामा संकलित उक्त रकम आजै मुटुरोगी भिमाको खाता नम्बर १७४९०–६०९८९०११ मा रकम पठाईसकेको जानकारी अभियानले दिएको छ । मुटुको समस्या देखिएपछि अस्प्ताल पुगेकी भिमालाई तत्कालै मुटुको भल्भ फेर्नुपर्ने भएपछि जापान र कोरियामा सहयोग रकम संकलन गरिएको थियो ।

विद्यार्थी भिषामा जापान पुगेकी भिमा गत वर्ष देखि नै मुटुको समस्या देखिए पनि गत साता मात्र अस्पतालले यथासक्य चाँडो भल्भ फेर्नुपर्ने र त्यसका लागि झण्डै पन्ध्र लाख येन आवश्यक पर्ने बताएको थियो । उपचारका लागि आफू एक्लैले त्यत्रो रकम जुटाउन नसक्ने र पारिवारको आर्थिक अवस्था कमजोर रहेको भन्दै भिमाले जापानमा रहेका सामाजिक संस्था र प्रवासमा रहेका नेपाली दाजुभाईसँग आर्थिक सहयोगको अपिल गरेकी थिइन् । सोहि बमोजिम कोरियामा पनि हाम्रो परिवार मार्फत भिमा बचाउ अभियान शुरु गरेर रकम संकलन गरिएको हो ।

थोरै समयमा हाम्रो परिवारले ठूलो परिमाणमा रकम संकलन गर्न सफल भएको थियो । परिवारले सहयोग गर्ने सम्पूर्ण सहयोगी मन भएका नेपालीलाई धन्यावाद समेत प्रकट गरेको छ भने विरामी भिमाले पनि सहयोगी हातहरु प्रति आभार प्रकट गरेकी छिन् । त्यस्तै उनले आजका दिनबाट आफ्नो उपचारका लागि सहयोग नउठाउन पनि आग्रह गरेकी छिन् । भिमाको बुधवार जापानको नेरिमास्थित हिकारिगाओका अस्पतालमा मुटुको शल्यक्रिया हुँदैछ । अत्यन्त संबेदनशिल मानिने मुटुको शल्यक्रिया पछि भिमाले केहि समय सघन कक्षमा रहेर नियमित उपचार र चेकजाँच गर्नुपर्ने हिकारिगाकोआ अस्पतालले जनाएको छ ।

यसैबीच हाम्रो परिवार कोरियाले पनि भिमा बचाउ अभियान अन्र्तगत सहयोग रकम उठाउने कार्य बन्द गरिएको घोषणा र सहयोग दाताहरु प्रती आभार प्रकट गर्दै सहयोगी मनका धनिहरुलाई धन्यवाद प्रकट गरेको छ । उक्त अभियानमा पाउने दुई सय भन्दा बढीले ४८, ५४,२२२ वन सहयोग गरेका थिए ।

यो पनि हेर्नुस – मिर्गौला पीडित श्यामकला रोकालाई युएईबाट आर्थिक सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अमेरिकाको फ्लोरिडामा अग्नि ब्याण्ड स्थापना, पहिलो गीत सार्वजनिक (भिडियो सहित)

अमेरिकाको फ्लोरिडामा बस्दै आएका नेपाली युवाहरुले एक अग्नी नामक...

कृषिको आधुनिकीकरणमा इजरायले सहयोग गर्ने

नेपालका लागि इजराइलका राजदूत बेनी ओमरले नेपालको कृषि प्रविधिको...

टिगोर कार

पाउने भए सन्दीपले टाटा मोटर्सको टिगोर कार

भर्खरै मात्र इन्डियन प्रिमियर लिग(आइपिएल) मा उत्कृष्ट र प्रभावशाली...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK