भिडन्तमा धन्न बाँचियो – टर्कीको ‘कु’बारे नेपालीको भोगाई

ENGLISH

भिडन्तमा धन्न बाँचियो – टर्कीको ‘कु’बारे नेपालीको भोगाई

20 July, 2016 | arjun baral | 6150 Views | comments

गत शुक्रबार टर्कीमा असफल कूको प्रयास भयो। सेनाको एउटा समूहले गरेको असफसल कूको समयमा इस्तानबुलको आइबिस होटल ट्याक्सिसमा युनेस्कोको ४० औँ बैठकमा सहभागी हुन पुगेका ८ सदस्यीय टोली बसेको थिए। कूको बेलाको स्थिति बताउँदै पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भन्नुभयो,‘रातिको समयमा कर्फयु लागेकाले होटल पुरै बन्द गरियो।

हामीलाई कतै नजान अलर्ट गरियो।’ जताततै विद्रोही सेना र राष्ट्रपतिका समर्थकबीच भएको भीडन्तले मनै झसंग भयो, तैपनि टर्कीले विदेशी पाहुनालाई उच्चस्तरको सुरक्षा दिएकाले आफूहरुलाई कुनै समस्या नभएको दाहालले बताए। सरकारले कडा सुरक्षाको घेरामा राखेर पाहुनालाई लाने र लैजाने गरेको कारण पूर्ण सुरक्षाको अनुभूति भइरहे पनि कतै कुनामा डर भने रहिरहेको उनले स्मरण गरे।

भ्रमण छोट्टाएर केही दिनअघि नै सवदेश फर्कने तयारी गरेको नेपाली टोली विमानस्थल बन्द भएका कारण अन्तिम दिनसम्म बैठकमा सहभागी भएको थियो । कूको कारण बैठक सञ्चालनमा कुनै अवरोध नरहेको उनले बताए। मंगलबार बैठक सम्पन्न भएलगत्तै सबै राष्ट्रका प्रतिनिधि स्वदेश फर्किसकेका छन् ।

इस्तानबुल विमानस्थलबाट कुरा गर्दै बैठकमा सहभागी दाहालले भने,‘ यस्तो लाइभ भिडन्त कहिल्यै पनि देखेका थिएनौँ, तनावै तनावबीच बैठक सम्पन्न भयो। ’विद्रोहीले ट्यांक सहित बमबारी गर्दात आफूहरुलाई केही हुने होकी जस्तो लागेको बताउँदै दाहालले भने, तर धन्य टर्कीको सुरक्षा व्यवस्थित भएकाले केही भएन। ’ टर्कीले विदेशी पाहुनालाई कडा सुरक्षा दिएको थियो। युनेस्को बैठकमा १सय ५८ राष्ट्रका ३ हजार प्रतिनिधिको सहभागित थियो। नेपाल समाचार पत्र दैनिकमा समाचार छ।

सुडानमा नेपाली सुरक्षाकर्मी जोखिममा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्।...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK