‘भिजिट नेपाल युरोप २०१७’ मा जुट्दै बेलायतका नेपाली

ENGLISH

NRN GLOBAL

‘भिजिट नेपाल युरोप २०१७’ मा जुट्दै बेलायतका नेपाली

– नवीन पोखरेल, लन्डन

21 January, 2017 | Sandeep Bhattarai | 1315 Views | comments

सन् २०१७ लाई ‘भिजिट नेपाल युरोप’ का रुपमा मनाउन बेलायतवासी नेपाली एकजुट भएका छन् । बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिले उक्त अभियानमा साथ दिंदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने प्रतिवद्धता जनाएका हुन् ।

भिजिट नेपाल युरोप २०१७

बेलायतबाट नेपाल जाने विदेशी पर्यटकको संख्या सन् २०१६ मा ४६ हजार बढि छ । यहाँका सामाजिक अभियन्ता र व्यवसायीले पर्यटक संख्या अझ वृद्धि गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

बेलायतमा रहेका करिब अढाइ सय नेपाली रेष्टुरेन्टले कम्तीमा आफ्नो रेष्टुरेन्टमा आउने ग्राहकलाई नेपाल घुम्न जान प्रेरित गरे त्यो ठूलो योगदान हुने उनीहरुको धारणा छ ।

नेपाल पर्यटन बोर्डका बेलायत प्रतिनिधि पशुपति भण्डारीले जिम्मेवारी सम्हालेयता ११ महिनाको आफ्नो उपलब्धि सार्वजनिक गर्न बुधबार साँझ एभरेष्ट इनमा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रियामा ‘भिजिट नेपाल युरोप ०१७’ को औपचारिक उद्‍घाटन आगामी मार्चमा दूतावासबाट हुने जानकारी दिए । उनले यस अभियान अन्तर्गत २०१७ भरि करिब १५ वटा प्रमुख कार्यक्रम गरिने जनाए जसमा नेपाली नयाँ वर्षमा सांस्कृतिक कार्यक्रम, वुद्ध जयन्ती, एभरेष्ट डे, फोटो प्रदर्शनी र वर्कसप, संगीत महोत्सव, वल्ड कल्चर डे मनाइने आदि छन् । त्यसैगरि नेपाली मेला, लन्डन मेला, स्कटल्याण्ड र हाइथ महोत्सव साथै वल्ड टुरिजम मार्केट (डब्लुटिएम) र एसियन तथा ब्रिटिस करी अवार्डसमा समेत सहभागिता जनाउने आफ्नो योजना उनले सुनाए ।

कार्यक्रममा एनआरएनए केन्द्रिय सल्लाहकारहरु विश्वआदर्श पण्डित र डमर घले, एनआरएनए यूरोप संयोजक कुल आचार्य, एनआरएनए यूके संरक्षक सूर्य गुरुङ, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजन कँडेल, तमु समाज बेलायतका सल्लाहकार सुवसिंह गुरुङ, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगीमगर लगायतले आ आफ्ना सुझाव दिंदै अभियानमा सक्दो सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका अफिसिएटिङ डिरेक्टर मनिराज लामिछानेले बेलायतका नेपालीसमक्ष विदेशी पर्यटकलाई नेपाल घुम्न सुरक्षित रहेको सन्देश प्रवाह गर्न आग्रह गरे । उनले एकजना पर्यटकले नेपालमा दशजनालाई रोजगारी दिने जनाउँदै नेपाल पर्यटकको स्वागत गर्न सधैं आतुर रहेको पनि बताए । नेपाली दूतावासका अट्याची तेजेन्द्र रेग्मीले बेलायतबाट पर्यटक नेपाल पठाउन दूतावासको प्रमुख भूमिका रहने बताउँदै गत १ जनवरीदेखि दूतावासले उही दिन भिजा दिने व्यवस्था मिलाएको जनाए ।

भण्डारीले आफ्नो ११ महिने कार्यकालमा बेलायती व्यवसायीको नेपाल ट्रेड डेलिगेसन, डब्लुटिएम, नेपाल आयरल्याण्ड डे, लन्डन र नेपाली मेलामा सहभागिता, ल्यानकेष्टर युनिभर्सिटीमा नेपाल पर्यटन सम्वन्धि कार्यक्रम भएको जनाउँदै लुइसम स्काउट आवद्ध ४४ जना बेलायतीलाई नेपाल भ्रमण गराइएको जानकारी दिए । चाल्टर्न प्राइमरी स्कुलका विद्यार्थी र शिक्षकलाई नेपाल सम्बन्धि प्रिजेन्टेसन दिइएको पनि उनले सुनाए ।

कान्तिपुरबाट

पर्यटन प्रवर्द्धनको सामूहिक सुरुवात गरे युरोपमा रहेका पर्यटन दूतहरुले

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

थारु महिला माछा मार्दै

थारु महिला माछा मार्दै

कैलालीको लम्कीका थारु समुदायका महिला खोलामा माछा मार्दै ।...

ससेल्स

सेसेल्स शाखा गठनसँगै ७९ देशमा पुग्यो एनआरएनए

गैर आवासीय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९ औ...

एएफसी

एएफसी यू–१६ महिला फुटबल छनोटमा नेपाल र म्यानमार भिड्दै

एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज(शुक्रबार) म्यानमारसँग...

स्मारक

यस्तो छ स्वीट्जरल्याण्डमा राजा त्रिभुवनको स्मारक (भिडियो सहित )

स्वीट्जरल्याण्डसँग नेपालमा राजारानीहरुको सम्बन्ध जोडिँदै आएको छ । यसै...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK