भारत हुँदै दुबई पुगेका ३५ जना नेपाली महिला फिर्ता

ENGLISH

भारत हुँदै दुबई पुगेका ३५ जना नेपाली महिला फिर्ता

3 May, 2017 | Bipin Acharya | 975 Views | comments

भारत हुँदै युनाइटेड अरब इमिरेट्स (युयई)को दुबई पुगेका ३५ जना नेपाली महिलालाई त्यहाँको विमानस्थलले फिर्ता गरेको छ ।

फिर्ता गरिएकामध्ये १२ जना भारत हुँदै फिर्ता आएकोमा एअर इन्डियाको दिल्ली उडानबाट आज दिउँसो काठमाडौँ आइपुगेका छन् । फिर्ता भएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन विभागले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको विभागका महानिर्देशक गङ्गाराम गेलालले जानकारी दिनुभयो ।

उनीहरूलाई सोमबार साँझ फिर्ता गरिएपछि आज १२ जना दिल्ली हुँदै काठमाडौँ आइपुगेका हुन् । बाँकी २३ जना महिला अझै दुबईमै रहेको र फिर्ता हुने टिकट नहुँदा अलपत्र अवस्थामा रहेका छन् ।

महानिर्देशक गेलालले भन्नुभयो– ‘‘अहिले फिर्ता भएका आफ्नै पैसाले टिकट काटेर फर्किएको बताएका छन्, अरु टिकट काट्ने पैसा नहुँदा दुबईमै रहेको विवरण आएको छ ।’’

उनीहरू पर्यटक प्रवेशाज्ञामा गएको अनुसन्धानको क्रममा देखिएको छ । पर्यटक प्रवेशाज्ञामा जानेहरूले जाँदा नै आफूसाथमा आउने टिकट पनि साथै लिएर जानुपर्नेमा उनीहरूको साथमा त्यस्तो टिकट नरहेको भेटिएको छ ।

फर्किएकाले दिएको प्रारम्भिक वयानमा आफूहरू घरेलु कामदारको रुपमा कुँवेत जान लागेको बताएका छन् । भारतबाट दुबई जाँदा उनीहरूले आफू दुबई हुँदै अफ्रिकी मुलुक केन्या जान लागेका भनी त्यहाँको विमानस्थलमा विवरण लेखाएका छन् ।

विभागका महानिर्देशक गेलालले उनीहरूलाई तराईका विभिन्न सीमानाका हुँदै स्थलमार्गबाट भारत लगिएको जानकारी दिनुभयो ।
पक्राउ परेकाले दिएको विवरणको आधारमा उनीहरूलाई त्यसरी अवैध बाटोबाट कुँवेत लैजाने गिरोहबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । त्यसरी जानेमा विभिन्न जिल्लाका रहेका छन् ।

उत्तर प्रदेशको वाराणसीस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थल हुँदै युएईको शारजाह जान लागेका ३६ जना नेपाली महिलालाई गत हप्ता विमानस्थलबाट भारतीय प्रहरीले रोकेको थियो ।

पर्यटक प्रवेशाज्ञामा जान लागेका उनीहरूको साथमा जाने टिकट भए पनि आउने टिकट नभेटिएपछि उनीहरूलाई फिर्ता गरिएको थियो ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडीका राष्ट्रहरूमा घरेलु कामदारमा पठाउन रोक लगाउने निर्णय गरेपछि पछिल्लो समय भारत हुँदै खाडीमा जानेको सङ्ख्या बढ्दै गएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK