भारतीय २० सांसदको पद खारेजीमा

ENGLISH

WORLD

भारतीय २० सांसदको पद खारेजीमा

21 January, 2018 | Kabiraj Adhikari | 2245 Views | comments

नयाँदिल्ली । भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य भएको सिफारिस गरेपछि उनीहरूको सांसद पद खारेज हुने भएको छ ।

indian-electon-office
उनीहरु सवै जना भारतमा भ्रष्टाचार विरुद्ध अभियान सञ्चालन गरेको आम आदमी पार्टीका सांसद रहेको समाचार श्रोतले शुक्रबार जनाएको छ ।
‘निर्वाचन आयोगले २० जना सांसदका विरुद्धमा कारबाहीका लागि सिफारिस गरेको छ, उनीहरु सवै जना दिल्लीका मुख्य मन्त्री अरबिन्द केजरीवालले संसद सचिवालयमा नियुक्त गरेका सांसद हुन्,’ श्रोतले भन्यो ।

प्राप्त सूचना अनुसार सन् २०१५ पछि पार्टी शक्तिमा आएपछि नियुक्त भएका उनीहरुलाई कारबाहीका लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको छ ।

दिल्ली संसदका ती २० जना सदस्यहरू माथि कारबाही भएर सांसद पद खारेज भएमा आम आदमी पार्टीको सरकारलाई चुनौती हुनेछ ।
दिल्ली संसदका ७० जना सांसदमध्ये आम आद्मी पार्टीका मात्रै ६५ जना सांसद रहेका छन् ।

अयोग्यताका कारण कारबाहीमा परेर सांसद पद खाली भएमा उनीहरुको ठाँउमा ६ महिना भित्रमा निर्वाचन मार्फत् पदपुिर्त गर्नुपर्ने व्यवस्था रहेको छ ।

मन्त्रीलाई सहयोगका लागि सरकारले संसद सचिवहरु प्रायजसो नियुक्त गर्ने गर्दछ । सरकार परिवर्तन भएको वेला उनीहरूलाई नयाँ सरकारले फेरबदल पनि गर्न सक्छ ।

पूर्व नागरिक अभियन्ताबाट राजनीतिज्ञमा रुपान्तरण भएका केजरीवालले आम आद्मी पार्टीको तर्फबाट होस् वा मुख्य मन्त्रीको रूपमा होस् विकासका बारेमा आवाज उठाउने गरेका  छन् ।

सांसदको सेक्स टेप सार्वजनिक, राजनीतिमा तहल्का

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK