भारतीय संगीतकार करन जोसेफले गरे आत्महत्या

ENGLISH

ENTERTAINMENT

भारतीय संगीतकार करन जोसेफले गरे आत्महत्या

11 September, 2017 | Bipin Acharya | 815 Views | comments

भारतीय संगीतकार करन जोसेफले आत्महत्या गरेका छन्। प्रहरीका अनुसार उनले मुम्बईको बान्द्रास्थित बहुतले भवनबाट शनिबार हामफालेका हुन्। आफ्ना साथीसँग एक महिनादेखि बस्दै आएको भवनको १२ औं तलको झ्यालबाट उनी हामफालेका प्रहरीले बताएको द इन्डियन एक्सप्रेसमा उल्लेख छ।

आफ्ना साथीहरुसँग बसेर टिभी हेरिरहेका बेला अचानक उठेर झ्यालतिर गएका र त्यहाँबाट हामफालेका उनका साथीले बताएका छन्। ठूलो आवाज सुनेर हेर्न जाँदा करन भुइँमा रगताम्मे लडिरहेका थिए। त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए।

करनलाई तत्काल अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषणा गरियो।

२९ वर्षीय जोसेफ पियानोवादक हुन्। उनका साथीहरुले बताएअनुसार उनी जहाँ जाँदा पनि पियानोसँगै हुन्थे।

प्रहरीले कुनै सुसाइड नोट नभेटेपनि केही समययता करन निकै चिन्तित रहेको बताइएको छ। थुप्रै कन्सर्टमा आफ्ना खुबी देखाइसकेका करन एक महिनाअघि मात्र मुम्बई आएका थिए।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK