भारतीय नागरिकको सहयोगमा साउदीमा बन्धक बनेकी कमलाको यसरी भयो उद्धार

ENGLISH

NRN GLOBAL

उद्दार

भारतीय नागरिकको सहयोगमा साउदीमा बन्धक बनेकी कमलाको यसरी भयो उद्धार

12 July, 2017 | Sandeep Bhattarai | 1475 Views | comments

उद्दार

साउदी अरबको तावुकबाट भक्त हमालले झापाका विशाल श्रेष्ठलाई एउटा नम्बर उपलब्ध गाराउँदै भने, ‘यो नम्बर भारतीयले बोक्छ । एक नेपाली चेलीलाई ८ बर्षदेखि बन्धक बनाएर रोखेको छ । उद्धार गर्नुपर्यो ।’

श्रेष्ठले धेरैपटक फोन गर्दा पनि नउठेपछि सन्देश पाठाए । आधा घण्टामै सम्पर्क भयो । नम्बर भारतीय युवतीको रहेछ ।’हामी एउटा आमाछोरीको घरमा काम गर्छौ’, ती युवतीले आफ्नो भाषामा भनिन् – ‘उन (नेपाली युवती) लाई बाहिर कसैसँग सम्पर्क गर्न दिइएको छैन । कहिलेकाहीं मालिक्नीको आमाको घर जाँदा मैले मात्र भेट्छु ।’

ती युवतीले नेपाली युवतीलाई खुसुक्क आफ्नो मोवाइल दिइन् । ८ बर्षदेखि बन्धक रहेकी ती युवती थिइन्, पाल्पा दोभान २ की ३९ बर्षीया कमला दर्लामी मगर ।दर्लामीलाई श्रम शोषण र बन्धक बनाएर राखेको खबर ती युवतीले भारतमा रहेका आफ्ना दाजुलाई सुनाएकी थिइन् । उनका दाजुले नेपालमा सम्पर्क गरेर परिवारलाई सूचना दिए ।

साउदी गएदेखि सम्पर्क विहीन मगर जीवितै रहेको खबर पाएलगत्तै परिवारले साउदीमौ रहेका छिमेकी भैरवसिंह सुनारलाई बुझ्न लगाए । उनी तावुकमा ड्राइभरको काम गर्थे । ती युवतीको नम्बर उनैले हमाललाई उपलब्ध गराएका थिए ।

कमलाले पहिलोपटक श्रेष्ठसँग फोनमा निकै मधुरो स्वरमा कुरा गरिन् । आफु त्यो घरबाट भागेर आउन नसक्ने बताइन् । साउदी मालिक/परिवारले थाहा पाउँछन् भनेर डराइरहेकी कमलासँग लामो कुरा हुन पाएन ।

त्यसपछि भने घरबाट भगाएर दूतावास लैजाने योजना बनाए श्रेष्ठले । कमला बस्ने किबाबाट रियादस्थित नेपाली दूतावास करिब ६० किमि टाढा थियो ।श्रेष्ठ आफैले गाडीमा हालेर लैजान सक्ने अवस्था थिएन । बाटोमा प्रहरीले पक्रिहाले सिधै जेल जानुपर्ने खतरा थियो ।

श्रेष्ठ अलग्गै सिमबाट समस्यामा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा नेपाली दूतावासँग समन्वय गर्थे । त्यसैबाट कमलाको विषयमा दूतावासलाई जानकारी गराए । कमलालाई ल्याउन घरसम्मै गाडी पठाउन दूतावास तयार भयो ।

कमला बसेको घरको लोकसन भारतीय युवतीले दिइन् । कमलालाई घर अगाडिसम्म आइपुग्ने समय दिएर तयार भएर बस्न लगाए ।
किबा निकै पुरानो गाउँ थियो । गाडीको आवतजावत कम हुन्थ्यो ।

कमलाको घर अगाडि दूतावासको गाडी पुग्यो । श्रेष्ठले अलि टाढा नै गाडी रोके ।कमला घरबाट निस्केर दूतावासको गाडी चढ्नै लाग्दा साउदी नागरिकको गाडी आएर छेकिहाल्यो । उनीहरु केरकार गर्न थाले । श्रेष्ठ त्यो देख्नेवित्तिकै भागिहाले ।

साउदी नागरिकले प्रहरीलाई खबर गरिदिए । पहरीले दूतावासको गाडी र कर्मचारीलाई नियनत्रणमा लियो । साउदी अरबमा घरेलु कामदारलाई मालिकको सहमतिबिना लैजान नपाउने नियम छ ।

प्रहरीले दुई दिनसम्म गाडी नियन्त्रणमा राख्यो । दूतावासका कर्मचारीले नेपालीलाई बन्धक बनाएर राखेको भन्दै स्वदेश पठाइदिन प्रहरीसमक्ष अनुरोध गरे ।

कामदारलाई स्वदेश पठाइदिन मालिक पनि तयार भए ।’कसरी साउदीमा जिवन कटाएँ । त्यसको लेखाजोखा छैन’, कमलाले भनिन्, – ‘देश फकिृन पाएँ । नयाँ जिन्दगी पाएको छु । यसैमा खुशी लागेको छ ।’

कान्तिपुरबाट

साउदीमा अलपत्र १० नेपाली युवाहरुलाई फर्काउन मेनपावर सहमत (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल सम्बत्

कोलोराडोमा नेपाल सम्बत् ११३९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाल सम्बत् ११३९ उपलक्ष्यमा कोलोराडो निवासी नेःवा समुदायले आइतबार...

छक्का पञ्जा-३

‘छक्का पञ्जा-३’ ले अमेरिकामा बनायो नयाँ रेकर्ड

यति बेला नेपाली सिने नगरीमा चलचित्र ‘छक्का पञ्जा-३’ ले...

कोलोराडोमा लक्ष्मी जयन्तीसंगै साहित्यकार डा.शिलु सम्मानित

देवकोटाको जयन्तीसंगै कोलोराडोमा साहित्यकार डा. शिलु सम्मानित

कोलोराडोमा ११० औं लक्ष्मी जयन्तीको अवसरमा कवि गोष्ठीसंगै प्रवासमा...

नेपाली समुदायले अमेरिकामा भाइटीका यसरी मनाए

नेपाली समुदायले अमेरिकामा भाइटीका यसरी मनाए

समस्त नेपालीहरुकको मुख्य चाडपर्व मध्ये कै यमपञ्चक अर्थात् तिहारको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK