भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

ENGLISH

SPORTS

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

भारत २६ रनले बिजयी

19 September, 2018 | Sandeep Bhattarai | 2425 Views | comments

एसिया कप

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । युएईमा जारी प्रतियोगितामा हङकङ भारतसंग २६ रनले स्तब्ध हुन पुग्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८५ रन बनायो । उसका लागि शिखर धवनले १ सय २७ को शतकीय पारि खेले भने अम्बाती रायुडूले ६० रनबनाए । यी दुईले दोस्रो विकेटका लागि १ सय १६ रनको शतकीय साझेदारी गरे । त्यस्तै दिनेश कार्तिक ३३ रन बनाई आउट भए भने केदार जाधव २८ रनमा अविजित रहे ।

हङकङका लागि किन्चित साहले ३ विकेट लिए भने एहसान खानले २ तथा एहसान नवाज र एजाज खानले समान १-१ विकेट हात पारे । २८६ रनको लक्ष्य लिएर मैदान उत्रेको हङकङले राम्रो सुरुवात गरेपनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा हार व्यहोर्न वाध्य भयो । हङकङका लागि निजाकत खानले ९२ रन बनाए तथा अन्सुमन रथले ७३ रन जोडे । यी दुईले पहिलो विकेटको लागि १ सय ७४ रनको साझेदारी गरेपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै एहसान खान २२ रन बनाई आउट भए बाबर हायातले १८ रन जोड्नु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन । भारतका लागि डेब्यु गरिरहेका खलिल अहमद र युज्भेन्द्र चहलले समान ३-३ विकेट लिए भने तथा कुलदिप यादवको भागमा २ विकेट रह्यो ।

यस समूहबाट एक खेल अगाबै भारत र पाकिस्तान अर्को चरणमा प्रवेश गरेका छन् भने हङकङ दुबै खेलमा पराजित हुँदै बाहिरिएको छ । प्रतियोगिता अन्तर्गत आज(बुधबार) चिर प्रतिद्वन्दी भारत र पाकिस्तान भिड्दै छन् ।

एसिया कप : अफगानिस्तानसंग पराजित भएसंगै श्रीलंका समूह चरणबाटै बाहिरियाे

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK