भारतले बनाएको बाँधको कारण नेपाली भूमि डुबानमा

ENGLISH

भारतले बनाएको बाँधको कारण नेपाली भूमि डुबानमा

23 July, 2016 | arjun baral | 1210 Views | comments

dam

अन्तर्राष्ट्रिय कानुनविपरीत भारतीय पक्षले दसगजानजिकै एकतर्फी रूपमा बनाएको बाँध तथा उच्च सडकका कारण नेपालका रूपन्देही र कपिलवस्तुको सीमावर्ती भूमि डुबानमा परेको छ । सीमानजिकै भारतले बनाएको बाँध तथा सडकले पानी रोकिँदा नेपालतर्फको हजारौं हेक्टर भूमि जलमग्न भएको हो ।

भारतले सीमा सडक निर्माण योजनाअन्तर्गत विगत १५ वर्षदेखि दसगजा नजिकै सडक विस्तार गर्दै सडक उच्च र पक्की बनाई पानी निकास रोकिँदा डुबानको समस्या आएको  हो  । बाँधको फाँटक पूर्ण रूपमा नखोल्दा, सडकमा राखिएका कल्भर्ट सानो र जमिनदेखि चार फुट माथि राख्दा सीमावर्ती हजारौं खेतीयोग्य भूमि डुबानमा पर्दा धान रोपाइँ गर्नबाट वञ्चित भएका छन् । जमिन भएर पनि खेती गर्न पाएका छैन्न्। बर्खामा पानी छेकेर नेपाललाई डुबान पारिदिने, हिउँदमा खोलेर  सिँचाइ गर्ने अमानविय काम गरि रहेको छ ।


रूपन्देही जिल्ला सदरमुकाम भैरहवा नजिक डन्डा बाँध, मर्चवार क्षेत्रको रसियावाल खुर्दलोटन बाँध एवं सडक, कपिलवस्तु वजाहा, सिसवा, मर्थी र बजहा सागर बाँधका कारण दुई दर्जन गाविस प्रभावित छन् । बिहीबार रातिदेखि शुक्रबार अपराह्नसम्म परेको अविरल वर्षापछिको बाढीले निकास नपाउँदा ती क्षेत्र जलमग्न भएका छन् । डुबान प्रभावित क्षेत्र बढे पनि मानवीय क्षति भएको छैन् ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK