भारतलाई पराजित गर्दै नेपाल दोस्रो पटक साफ यू-१८ च्याम्पियन

ENGLISH

SPORTS

भारतलाई पराजित गर्दै नेपाल दोस्रो पटक साफ यू-१८ च्याम्पियन

28 September, 2017 | Sandeep Bhattarai | 1435 Views | comments

साफ यू-१८ च्याम्पियन

साविक विजेता नेपाल अन्तत लगातार दोस्रो पटक च्याम्पियन बनेको छ । चिरपरिचित प्रतिद्वन्दी भारतलाई २-० ले पराजित गरेपछि प्रतियोगितामा शिर्ष स्थानमा रहँदै नेपाल च्याम्पियन बनेको हो ।

बुधबार भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा भएको निर्णायक खेलमा नेपाललाई च्याम्पियन बनाउन दिनेश हेन्जनले २ गोल गरे।दिनेशले खेलको तेस्रो मिनेटमै गोल गरेर नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए। उनले फ्रिकिक बलमा लोभलाग्दो गोल गरे। ३७ मिनेटमा दिनेशले अर्को सानदार गोल गरे। उनले डिबक्सबाट सेकेन्ड बार च्यापेर हानेको प्रहारले सिधै गोल पोस्टको दिशा लियो।दोस्रो हाफमा दुबै टिमबाट गोल हुन सकेन।

पहिलो खेलमा भुटानसँग पराजित भएको नेपालले त्यसपछिका ३ खेलमा लगातार जित निकालेर उपाधि रक्षा गरेको हो। पाँच टिमबीच राउन्ड रोबिनको आधारमा भएको च्याम्पियनसिपमा नेपालले हेड टु हेडमा बंगलादेशलाई पराजित गरेर उपाधि कब्जा गरेको हो। नेपाल र बंगलादेशले समान ३-३ खेलमा जित र १-१ खेलमा हार बेहोरे। दुवै टिमले समान ९-९ अंक जोडे। भारत र भुटानले समान ६–६ अंक जोडे। माल्दिभ्स भने सबै खेलमा पराजित भयो।

साफ यू-१८ च्याम्पियन

नेपालले तेस्रो खेलमा बंगलादेशलाई २-१ गोलले हराएको थियो। त्यहि जित नेपालको उपाधि यात्रामा महत्वपूर्ण साबित भयो। पहिलो खेलमा भुटानसँग १-० गोलले पराजित हुँदा नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई २-० गोलले पराजित गरेको थियो।

बुधबार नै भएको खेलमा बंगलादेशले भुटानलाई २-० ले हराएकाले नेपालको लागि उपाधि यात्रा सहज भएको थियो । दुई वर्षअघि नेपालमै आयोजना भएको साफ यू-१९ च्याम्पियनसिपको फाइनलमा नेपालले भारतलाई नै हराएर उपाधि जितेको थियो । यस पटकदेखि प्रतियोगिता यू-१८ उमेरसमूहमा गरिएको हो।

साफ महिला च्याम्पियनसिप : नेपालद्वारा भुटान ८-० ले पराजित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको...

खाडी मुलुक र मलेसियामा नेपाली कामदार :वर्षमा ९५७ को मृत्यु

कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा वर्ष दिनको...

missing-people

बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि

दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको...

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK