भारतमा साँढेको विषयलाई लिएर भएको आन्दोलन हिंस्रक बन्दै

ENGLISH

WORLD

भारतमा साँढेको विषयलाई लिएर भएको आन्दोलन हिंस्रक बन्दै

दर्जनौँ गाडी र प्रहरी कार्यालयमा आगजनी

23 January, 2017 | arjun baral | 675 Views | comments

विवाादमा मुछिएको भारतको साँढे जुधाइ उत्सर्व अथाव “जल्लीकट्टू” विरोधमा भएको आन्दोलन हिंbull fightingस्रक भएपछि दक्षिण भारत तनावग्रस्त भएको छ । केही मानिसले सोमवार चेन्नईको चर्चित मरिना समुद्री किनारको आइस हाउस पुलिस स्टेशनमा आगो लगाइदिएका छन् ।

अर्कातिर तामिलनाडुको मदुरैमा पनि पुलिससँग स्थानीयबासी हिंस्रक झडपमा उत्रेका छन् । यसभन्दा अघि बिहान पुलिसले मरिना समुद्री किनारबाट मानिसलाई हटाउन धेरै मेहनत गर्नुपरेको थियो ।

त्यस क्रममा प्रहरीले लाठी चार्ज पनि गरेको छ । त्यति गर्दा पनि मानिसहरु त्यहाँबाट हटेनन् । कयौँले आत्महत्या गर्ने धम्की पनि दिएका छन् ।
आन्दोलनका कारण यो समुद्री किनारमा आउने सबै सडक पनि बन्द गरियो । मरिना किनारमा हजारौँ प्रदर्शनकारी करिब एक सातादेखि जम्मा भएका थिए ।

उनीहरुले आफूहरुको मागबारेमा स्थायी र दिगो समाधान निकाल्नुपर्ने अडान लिएका छन् । सोमवार बिहान पुलिसले मानिसलाई घर जान अपिल गरेको थियो । पुलिसका अनुसार राज्यका कयौँ इलाकामा जल्लीकट्टू आयोजना भइसकेकाले आन्दोलनको कुनै औचित्य नरहेको जनाउँदै आएको छ ।

तर प्रदर्शनकारीहरुले पुलिसको अपिललाई लत्याउँदै आन्दोलित भइरहे । भारतको उच्च अदालतले जल्लीकट्टूलाई जानवरमाथिको क्रुरता बताउँदै यसलाई सन् २०१४ मा प्रतिबन्ध लगाएको थियो ।

यहाँका जनताको दबाबमा खेल शुरू गर्नका लागि राज्य सरकारको तर्फबाट गभर्नर विद्या सागर रावले मञ्जुरी दिएका थिए । दिउँसो समयमा प्रदर्शनकारीहरुले मरिना किनारको आइस हाउस पुलिस स्टेशन नजिकै गाडीमा आगो लगाइदिए । त्यसक्रममा २५ वटा गाडी खरानी भएका छन् । प्रदर्शनकारीहरुले पुलिस स्टेशनमा पनि आगजनी गरेको खबर छ ।

उता मदुरैको अलङ्गलुरमा प्रदर्शनलाई देख्दै हजारौँको सङ्ख्यामा पुलिस तैनाथ गरिएको छ । यहाँ पुलिसले मानिसलाई हटाउने कोशिश गरिरहेको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जहाँ बहुविवाह नगरे जेल जानुपर्छ

इरिट्रिया -संसारमा यस्ता देश छन् जहाँ बहुविवाह नगरेमा जेल...

चीनियाँहरुलाइ यौनबारे ज्ञान दिने जापानी पोर्न स्टार

जापानी अभिनेत्री र पूर्व पोर्न स्टार सोरा एओइले आफ्नो...

‘मिस्टर झोले’ ६ दिनको कमाइ कति ?

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘मिस्टर झोले’ निर्माण युनिटले...

कतार

कतार पुगेका खोटाङका दुई युवा विचल्लीमा

वैदेशिक रोजगारीका लागि कतार पुगेका खोटाङका दुई युवा कम्पनीबाट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK