भारतमा वायु प्रदूषण डरलाग्दो, बर्षेनी पाँच लाखको मृत्यु

ENGLISH

WORLD

भारतमा वायु प्रदूषण डरलाग्दो, बर्षेनी पाँच लाखको मृत्यु

20 January, 2017 | arjun baral | 690 Views | comments

india-inviromentवायु प्रदूषणका कारण भारतभरि बर्षेनी पाँच लाख मानिसको मृत्यु हुने गरेको छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो अध्ययन प्रतिवेदनले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो।

यसैगरी, वायु प्रदूषणका कारण भारतको नयाँ दिल्ली र मुम्बईमा मात्र एक वर्षमा ८० हजारभन्दा बढीको असामयिक मृत्यु भएको छ। सन् २०१५ मा वायु प्रदूषणबाट दिल्ली र मुम्बईमा गरी ३० वर्षमाथिका ८० हजार ६ सय ६५ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको हो। यो मृत्युदर सन् १९९५ को तुलनामा दोब्बर भएको इन्स्टिच्युट अफ टेक्नोलोजी मम्बईले गरेको अध्ययनमा उल्लेख छ।

बायु प्रदूषणका कारण भारतले ठूलो आर्थिक मूल्य समेत चुकाउनु परेको सो अध्ययनमा उल्लेख छ। अध्ययन अनुसार नयाँ दिल्ली र मुम्बईमा ७० हजार करोड रकम खर्च भएको छ, जुन खर्च कुल ग्राहस्थ उत्पादनको ०‍‍. ७१ प्रतिशत हो। प्रदूषणले मानव स्वास्थ्यसँगै र अन्न उत्पादनमा समेत ठूलो असर गरेको छ। हरेक दशकमा श्वाशप्रश्वासका बिरामीको वृद्धि उल्लेख्य रुपमा भइरहेको अध्ययनले देखाएको छ।

अध्ययन अनुसार नयाँ दिल्लीमा बढ्दो जनसंख्यासँगै सबारी साधानको चाप, निर्माण सामाग्रीको धुलो र औधोगिक क्रियाकलापका कारण श्वासप्रश्वासजन्य रोगका कारण असामयिक मृत्यु हुनेको दर तीव्र रुपमा बढेको छ। वायु प्रदूषणका कारण नयाँ दिल्लीमा सन् १९९५ मा १९ हजार ७ सय १६ जनाको मृत्यु भएकोमा सन् २०१५ मा साढे ४८ हजार नाघेको हो। त्यस्तै, मुम्बईमा यो तथ्यांक सन् १९९५ मा  १९ हजार दुई सय ९१ थियो भने सन् २०१५ मा ३२ हजार नाघेको छ।

वायु प्रदूषणका कारण दुई करोड ३० लाख मानिस घरबाहिर निस्फक्री हिँडडुल गर्न नसकेको अध्ययनमा उल्लेख छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK