भारतमा मदिरा विरुद्ध ठूलो कारबाही

ENGLISH

WORLD

भारतमा मदिरा विरुद्ध ठूलो कारबाही

आईपीएलका पूर्व प्रमुख, एक क्रिकेटर सँगै २ सय ६१ व्यक्ति हिरासतमा

23 December, 2016 | arjun baral | 1020 Views | comments

indiaगुजरातमा अवैध तरिकाले ‘ककटेल पार्टी’ गरेको आरोपमा आईपीएलका पूर्व प्रमुख चिरायु अमीन, एक क्रिकेटरसँगै २ सय ६१ व्यक्तिलाई हिरासतमा लिइएको छ । यसमा १ सय ३४ महिला छन् । गुजरातमा ‘मदिरा बन्द’ पछिको यो ठूलो कारबाही भएको बताइएको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार पार्टीमा ५० प्रहरीहरूको समूहले छापा मारेको थियो ।

बिहीबार राति वडोदरासँगै रहेको भीमपुराको नजिक अखण्ड फार्म हाउसमा विवाहको पार्टी चलिरहेको थियो । व्यापारी जितेन्द्र शाहले आफ्नी नातिनीको इङगेजमेन्टका अवसरमा पार्टी दिइरहेका थिए । जाँचमा प्रहरीले विदेशी १५ पेटी मदिरा बरामद गरेको छ । बरामद भएको मदिरा कहाँबाट ल्याइएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डिएसपी सौरभ तोलंबियाले कानुन तोड्ने कसैलाई पनि माफी नहुने बताएका छन् । छापाका लागि प्रहरीले पाँच समूह बनाएको थियो । बरामद गरिएको मदिरा झण्डै १ लाख २८ हजार ९ सय ५० भारतीय रुपैयाँ रहेको छ । घटनास्थलबाट प्रहरीले ३५ वटा लग्जरीसँगै ८० वटा कार बरामद गरेको छ । प्रहरीका अनुसार पार्टी आयोजक र फार्म हाउसका मालिक जितेन्द्र शाहलाई दश वर्षको सजाय हुनसक्छ ।

गुजरातमा मदिरा पिउँदा एक महिनाको कैद र २ सय रुपैयाँ जरिवाना तिर्नुपर्छ । मदिरा पिएर होहल्ला गरेमा ६ महिना कैद, तीन वर्षसम्मको सजाय वा दुबै हुन्छ । मदिराको खरिद बिक्री गर्नेलाई ६ महिना देखि ३ वर्षसम्म सजाय, १० वर्षको कैद र ५ लाख रुपैयाँ जरिवाना हुन्छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK