धार्मिक आस्थाका कारण भारतको हिसार (हरियाणा) सतलोक आश्रमबाट डेढ वर्षअघि पक्राउ गरी हिरासतमा राखिएका नेपाली श्रद्धालुलाई भारतीय प्रहरीले आतङ्कवादी भन्दै मानसिक यातना दिइरहेको पाइएको छ ।
पूर्णब्रह्म कवीर उपासक समाजद्वारा सोमबार आयाोजित पत्रकार सम्मेलनमा जमानतमा रिहा भएका श्रद्धालुले उक्त जानकारी दिए । हिरासतमा राखिएकालाई निर्वस्त्र पारी कुटपिट गर्नाका साथै आफूहरुसँग रहेका रूपैयाँ, घडी र सुनको सिक्री समेत लुटिएको उनीहरुले बताए । विसं २०७१ कात्तिकदेखि मङ्सिर २ गतेसम्म सतलोक आश्रममा भएको प्रहरी कारबाहीमा २४ नेपाली श्रद्धालुलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेकामध्ये सुनसरीका मुकेश कार्की, भक्तपुरका उमराज ढकाल, धनुषाका गणेश महतो, सन्तोष साह, रामचन्द्र यादव र अन्जारूल मियाँ, महोत्तरीका शिवपूजन साह, सिरहाका रामसोगारथ महतो, राजेन्द्र सादा, शिवचन्द्र यादव, भूप सिंह र उपेन्द्रप्रसाद सिंह, पाँचथरका गणेश गिरी, रौतहटका दिनेश महतो र उमेश महतो तथा कञ्चनपुरका सुरेश भट्टलाई केही महिना हिरासतमा राखेपछि कुनै कसुर प्रमाणित नभए पनि अदालतले भारु एक लाख जमानत ठहर गरेको समाजका अध्यक्ष केशवप्रसादले बताउनुभयो ।
उहाँले सुनसरीका लक्ष्मण बस्नेत, धनुषाका ईश्वर श्रेष्ठ, काठमाडौँका राजकुमार गिरी, बर्दियाका नन्दराम खैराहा, कञ्चनपुरका योगेन्द्र चन्द, मोरङका सुरेश राई, सिरहाका विजय साह र विनोद यादव हिरासतमै राखी राजद्रोही मुद्दा लगाउने षड्यन्त्र भइरहेको आरोप लगाउनुभयो । उनीहरुलाई भारतीय कारागारमा हिरासतमा राखी चरम यातना दिने कार्य भइरहेकाले रिहाइको पहल गरिदिन पीडित परिवारजनले नेपाल सरकारसँग आग्रह पनि गरेका छन् ।
विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर...
संगितको क्षेत्रमा संघर्षरत पोखरेली गायिका अन्जना सुवेदीको आवाजमा रहेको...
गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले...
युरोपेली मुलुक पोर्चुगलमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको...
राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र...
नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...
हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...
विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...