भारतमा पहिलो अन्तर्राष्ट्रिय नेपाली कविता सम्मेलन सम्पन्न

ENGLISH

NRN GLOBAL

भारतमा पहिलो अन्तर्राष्ट्रिय नेपाली कविता सम्मेलन सम्पन्न

सुवास बस्नेत ,नयाँ दिल्ली

24 May, 2017 | Bipin Acharya | 940 Views | comments

साउथ एसियन यूनिवर्सिटी भारतमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली कविता सम्मेलन सम्पन्न भएको छ ।

नेपाली साहित्य जगतको कविता विद्यालाई विश्वमा नै फैलाउने र यस क्षेत्रमा लागेका नयाँ श्रष्टाहरुलाई अघि बढन प्रोहात्सन मिलोस भन्ने उद्देश्यका साथ यस सम्मेलनको आयोजना गरिएको युवा कवि तथा कार्यक्रम संयोजक कृष्ण शर्मा (संघर्ष) र राम श्रेष्ठले जानकारी गराएका छन् ।

कार्यक्रममा नेपाली साहित्य जगतका ख्याति प्राप्त कविहरुको उपस्थिति रहेको थियो । नेपाली साहित्य जगतका चिर-परिचित कवि तथा साहित्यकार, नेपाली संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरु भक्त, नेपालका प्रसिद्ध कवि तथा लेखक अभि सुवेदी, कवि नवराज लम्साल, मदन पुरस्कार विजेता कवि रामलाल जोशि लगाएतका दर्जनौं कवि तथा लेखकहरूले नेपाल बाट सहभागिता जनाएका थिए ।

त्यसै गरी कवि राजेन्द्र भण्डारी (सिक्किम), कवि देवकी तिमिल्सेना (आसम), राजा पुनिअनि (दार्जिलिंग), कवि भुपेन्द्र अधिकारी (अध्यक्ष) भारतीय साहित्य परिषद देरादुन, कवि विष्णु गुरुङ ( अल इन्डिया रेडियो नेपाली सेवा), जोगेन दर्लन (दार्जिलिंग) लगायतका प्रसिद्ध कविहरुका साथै दर्जनौ युवा कविहरुको सहभागिता रहेको थिायो । साथमा चाइना, इजरायल, अमेरिका, अफगानिस्तान, नर्वे, बंगलादेश लगायतका देशबटा पनि कविता वाचनका साथै दक्षिण एशियाली देशका अलग-अलग भाषामा कविता पाठ गरिएको थियो ।

८ तालिकामा विभाजित गरिएको कविता सम्मेलनमा नेपाल बाहिरको नेपाली साहित्य (कविता), कविता चिन्तन, संचार माध्यम र अध्यापनमा नेपाली साहित्य (कविता), नेपाली कविताको समसामयिक सन्दर्भ मुख्य विषयमा प्यानल छलफल गरिएको थियो । यो साँझ कविता माझमा भारत तथा नेपालका नव कविहरुको आफ्नो प्रस्तुतिले वातावरणलाई अति सुमधुर र साहित्यक बनाएको थियो ।

साउथ एसियन यूनिवर्सिटीका अध्यक्ष कविता ए। शर्मा र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्या को स्वागत मन्तव्य बाट कार्यक्रम सुरु गरिएको थियो ।

सम्मेलनलाई सफल बनाउन प्रो. युवराज पोख्रेल लगायत युनिवर्सिटीका सम्पूर्ण टिमहरुको पनि मुख्य भूमिका थियो । कविता श्रवण र सम्मेलनलाई सफल पार्न विभिन्न संघ संस्थाका दर्जनौं प्रतिनिधीहरू र साहित्य प्रेमीहरुको उल्लेखनिय उपस्थिति रहेको रहेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK