भारतमा नेपाली वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ लाई पाँचौँ सम्मान

ENGLISH

NRN GLOBAL

भारतमा नेपाली वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ लाई पाँचौँ सम्मान

25 March, 2016 | Sandeep Bhattarai | 800 Views | comments

वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ले भारतमा फेरि अर्को पुरस्कार जित्न सफल भएको छ ।

gud-gift

भारतको नासिक सहरमा भएको आठौँ नासिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘नेपाल अर्थक्वेक ः हिरोज, सर्भाइभर्स एन्ड मिराकल्स’ उत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्र पुरस्कार जित्न सफल भएको हो । महोत्सवमा १२५ वृत्तचित्र प्रतिस्पर्धामा थिए ।

भारतमा लगातार पुरस्कार जित्दा निकै खुसी मिलेको वृत्तचित्रका निर्देशक गणेश पाण्डेले बताउनुभयो । उहाँका अनुसार सो वृत्तचित्रले जितेको यो पाँचौँ पुरस्कार हो । यसअघि काठमाडौँ पर्वतारोहण अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) मा सो वृत्तचित्रले नेपाल पानोरोमामा उत्कृष्ट वृत्तचित्र सम्मान र नागरिक छनोट सम्मान पाएको थियो । भारतको नयाँदिल्लीमा फेब्रुअरीमा भएको तेस्रो नोइडा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भने उत्कृष्ट निर्णायक सम्मान जितेको थियो ।

नेपालको भूकम्पमा पर्दा मृत्युलाई जित्न सफल केही नेपालीको प्रतिनिधिमूलक घटनालाई समेटेर तयार पारिएको सो वृत्तचित्रको अन्तर्राष्ट्रिय संस्करण ४५ मिनेटको छ । यसअघिको नेपाली संस्करण ५५ मिनेटको थियो । अङ्ग्रेजी संस्करणका लागि अमेरिकी चलचित्रकर्मी जोसाय हुपर र सपना शाक्यले परामर्शदाता सम्पादकको भूमिका निर्वाह गर्नुभएको थियो ।

शारदा गैरेको निर्माण र कुमार शाहको सम्पादनमा बनेको सो वृत्तचित्रमा ऐतिहासिक धरोहर धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि भूकम्पमा परेर चमत्कारिक रुपमा नयाँ जीवन पाएका नौ नेपालीको कथालाई उतारिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

१८ औं एसियाडको तयारी पूरा : शनिबारबाट शुरु हुने

१८ औं एसियाडको तयारी पूरा : शनिबारबाट शुरु हुने

आकारको दृष्टिमा एसियाली खेलकूद असाधारण छ । यस प्रतियोगितामा...

“नालीना एकल साङ्गितिक साँझ” अब पोर्चुगलमा

दुई दशक पहिलेकी चर्चित नेपाली पप गायिका नलीना चित्रकार...

भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीको अन्त्येष्टि आज अपरान्ह ४ बजे गरिने

तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल विहारी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK