भारतमा दुई नेपाली कलाकार सम्मानित

ENGLISH

NRN GLOBAL

भारतमा दुई नेपाली कलाकार सम्मानित

21 July, 2017 | Sandeep Bhattarai | 750 Views | comments

भारतको मुम्बई

दुई नेपाली कलाकारले भारतको मुम्बईमा पुरस्कार प्राप्त गर्नुभएको छ ।

कलाकारद्वय महेश आचार्य र समुद्रमानसिंह श्रेष्ठले ‘स्पन्दन इन्टरनेशनल’ बाट ‘एक्सिलेन्ट अवार्ड’ प्राप्त गर्नुभएको हो । स्पन्दनले भारतका विभिन्न स्थानमा ४५ महिनाका बीचमा दुई हजार ५०० कलाकार सहभागी गराई प्रदर्शनीको आयोजना गरेको थियो । ती प्रदर्शनीमा सहभागी कलाकारमध्येबाट विश्वका विभिन्न मुलुकका १० कलाकारलाई सम्मान दिइएको कलाकार आचार्यले बताउनुभयो ।

यही साउन २ गते मुम्बईस्थित ‘मुम्बई आर्ट सोसाइटी’मा भारतका कलाकार पृथ्वी सोनीले कलाकारलाई सम्मान प्रदान गर्नुभएको थियो । नेपाली कलाकारले पाएको सम्मानले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन मद्दत गरेको कलाकार आचार्यले बताउनुभयो । कलाकार श्रेष्ठले नेपाली कलाकारले पनि अन्तर्राष्ट्रियस्तरका कला सिर्जना गर्नसक्छन् भन्ने कुरा पछिल्ला कला प्रदर्शनीमा पुष्टि भइरहेको बताउनुभयो ।

दुई वर्षअघि १२ नेपाली कलाकारको प्रदर्शनी भारत, हिमाञ्चल प्रदेशको सिम्लामा भएको नेपाल ललितकला पत्रकार समाजका महासचिव देवेन्द्र थुम्केलीले जानकारी दिनुभयो । सो प्रदर्शनीमा कलाकार श्रेष्ठ र आचार्य सहभागी हुनुभएको थियो ।

लण्डनमा चलचित्र निर्माता कँडेल सम्मानित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK