भारतमा जीप दुर्घटना हुदाँ ४ नेपाली सहित ६ को मृत्यु

ENGLISH

WORLD

भारतमा जीप दुर्घटना हुदाँ ४ नेपाली सहित ६ को मृत्यु

2 January, 2017 | arjun baral | 675 Views | comments

accuidentभारतको उत्तराखण्ड राज्यको चम्वावत जिल्लाको लोहा घाटमा जीप दुर्घटना हुदाँ ४ नेपाली सहित ६ जनाको मृत्यु भएको छ।

आइतबार दिउँसो ३ बजेतिर भारतीय बाटो हुँदै घर आउने क्रममा एकै परिवारका ४ नेपाली सहित ६ जनाको मृत्यु भएको हो।

नागार्जुन मावि शर्मालीका प्रअ महामल सिंह साउदले अनुसार दुर्घटनामा एकै परिवारका ४ जनाको मृत्यु भएको जनाए। शर्माली–२ दुबलाका ६२ बर्षीय गोविन्द साउद, उनकै भाई शिवराजकी पत्नी ५७ बर्षीया गोमती देवी उनकै भाई ५४ बर्षीय बाशुदेव र ५ बर्षीय भतिजा आयुशको मृत्यु भएको हो। तीनजनाको घटनास्थलमै र गोमतीको उपचारका क्रममा मृत्यु भएको प्रअ साउदले बताए। भारतीय संचार माध्यमका अनुसार लोहाघाटबाट मगलक जाँदै गरेको जीप रौलगांव नजिकको भिरबाट खसेको हो।

१६ जना यात्रु रहेको जीपमा अन्य १० जना घाइते छन। घाइतेहरुमा ६ जना नेपाली समेत रहेको बताइएको छ। कञ्चनुपरको दोधारा चाँदनी बस्दै आएका मृतक परिवारका ८ जना पूजा पाठको लागि गाँउ आउँदा दुर्घटनामा परेका हुन।

घाइतेहरुमा शर्माली–५ कोणका चन्द्रसिंह साउद, पञ्चेश्वरका एक जना सहित मृतक परिवारकै ४ जना रहेका छन। उनीहरुको हल्दानी र सामुदायिक स्वास्थ्य केन्द्र लुहाघाटमा उपचार भइरहेको छ। अधिक गतीको जीप मोडमा अनियन्त्रित भएर दुर्घटना भएको भारतीय  संचारमाध्यामले जनाएका छन।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन आज नरक चतुर्दशी र कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा...

प्रम

एनआरएनलाई ढुक्क भएर लगानी गर्न प्रमको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क...

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK