भारतमा आइफोन सिक्स र सिक्स प्लसको मुल्य घट्यो

ENGLISH

TECH

भारतमा आइफोन सिक्स र सिक्स प्लसको मुल्य घट्यो

16 September, 2016 | Krishna Adhikari | 1375 Views | comments

samsung-galaxy-s5-iphone-6-galaxy-edge-iphone-6-plus-658x370-de12eb59def12fe5

आइफोनका केही मोडेलहरुका स्मार्टफोनको मुल्य बाइस हजार भारतीय रूपैयाँसम्म कम गरेको विश्वको लोकप्रिय समार्टफोन कम्पनी एप्पलको भारतीय शाखा एप्पल इन्डियाले बिहीबार घोषणा गरेको छ ।

भारतिय बजारमा एप्पलले आफ्नो नयाँ स्मार्टफोन मोडलहरु आइफोन सेभेन तथा आइफोन सेभेन प्लस अक्टोबर ७ देखि ल्याउँदैछ । आउँदो अक्टोबर ७ तथा भारतमा आउँदै गरेको चाडबाडको मौसमलाई ख्याल गर्दै उक्त घोषणा गरेको एनडीटीभीको अनलाइन संस्करणले जनाएको छ ।

आइफोन सिक्स (१२८ जीबी), आइफोन सिक्स प्लस तथा आइफोन एसइ (६४ जीबी) को मुल्यमा कम गरेको एप्पलले जनाएको छ ।

नयाँ घोषणा अनुसार आइफोन सिक्स (१२८ जीबी)को मुल्य भारतमा ६० हजार भारतीय रुपैयाँ हुनेछ । यसअघि यसको मुल्य ८२ हजार थियो । त्यसैगरी आइफोन सिक्स प्लस (१२८ जीबी) को मुल्य ७० हजार भारतीय रुपैयाँ कायम भएको छ । यसअघि यसको मुल्य ९२ हजार थियो । त्यसैगरी एप्पलको आइफोन एसइ (६४ जीबी) को मुल्य पनि ५ हजार भारतीय रुपैयाँले घटेर ४४ हजार कायम भएको छ ।

यो पनि हेर्नुहोस्-आइफोन सेभेन सार्वजनिक, के छ विशेषता

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सोलिडारिटी कप

फिफा बारियतामा नेपाल एक स्थान खस्कियो : नेपाल १७६ औं स्थानमा

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले सोमबार जारी गरेको नयाँ...

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु

यमपञ्चक सुरु : आज काग तिहार

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु नेपालीको...

एनआरएनएको अध्यक्षमा भवन भट्ट बिजयी

काठमाडौंमा सोमबार सम्पन्न निर्वाचनबाट भवन भट्ट गैरआवासीय नेपाली संघ...

गैर आवासीय नेपाली

एनआरएन को सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना

गैर आवासीय नेपालीहरुको सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापनाका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK