भारतद्वारा इंग्ल्यान्ड १५ रनले पराजित, एकदिवसीय सिरिज भारतको पोल्टामा (भिडियो)

ENGLISH

SPORTS

भारतद्वारा इंग्ल्यान्ड १५ रनले पराजित, एकदिवसीय सिरिज भारतको पोल्टामा (भिडियो)

युवराज र धोनीको शतक

20 January, 2017 | Sandeep Bhattarai | 1210 Views | comments

भारत र इंग्ल्यान्डबीचको एकदिवसीय खेल

भारतमा जारी भारत र इंग्ल्यान्डबीचको एकदिवसीय खेल अन्तर्गत दोस्रो खेलमा पनि पाहुना टोली इंग्ल्यान्ड पराजित भएको छ । बिहिबार भएको दिवा रात्री खेलमा भारत १५ रनले बिजयी भएको हो ।

भारतको कटक मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै ३८१ रन बनाएको थियो । उसका लागि भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनी र युवराज सिंहले शतकीय पारी खेले । भारत २५ रन बनाउदा तीन विकेट गुमाईसकेको थियो । तर चौथो विकेटको लागि धोनी र सिंहले २ सय ६ रनको साझेदारी गरेपछि भारत उच्च योगफल बनाउन सफल भएको थियो । युवराजले १२७ बलको सामना गर्दै ३ छक्का र २१ चौकको मद्दतले १५० रन बनाएका थिए। यो युवराजको एकदिवसीय खेलमा सबैभन्दा उच्च स्कोर हो । त्यस्तै धोनीले छ छक्का र १० चौकको मद्दतले १२२ बलमा १३४ रन बनाए।

इंग्ल्यान्डका लागि क्रिस वोक्सले चार विकेट लिएका थिए। ३८२ रन्को लक्ष्य लिएर मैदान उत्रेको इंग्ल्यान्ड निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै मात्र ३६६ रन बनायो । उसका लागि कप्तान ईयोन मोर्गनले शतकीय पारि खेले पनि टोलीलाई हारबाट जोगौना सकेनन । मोर्गनले ८१ बलमा छ चौका र पाँच छक्का प्रहार गर्दै १०२ रन बनाए भने ज्यासन रोयले ८२ रन्को योगदान दिए । त्यस्तै मोईन अलिले ५५ रन बनाउदा जोय रुट ५४ रनमा आउट भए । भारतका लागि आश्विनले ३ विकेट लिए।

यसअघिको पहिलो खेलमा पनि भारतले इंग्ल्यान्डलाई ३ विकेटले पराजित गरेको छ । जितसंगै भारतले तीन म्याचको सिरिज २-० ले जितेको छ । खेलको म्यान अफ द म्याच युवराज सिंह भए । अब तेस्रो तथा अन्तिम एक दिवसीय खेल आगामी आइतबार हुनेछ ।

भिडियो –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल—भारत सीमामा सुरक्षा जाँच कडा

नवलपरासी । पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण...

गोल

विश्वकप २०१८ :स्विडेनद्वारा दक्षिण कोरिया पराजित

विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेन...

डा. उपेन्द्र देवकोटाको निधन

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको...

पदयात्री

पदयात्री

बागलुङको पर्यटकीय लेक घुम्टे चढ्ने क्रममा थकाई मार्दै पदयात्री...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK