भारतको १४औं राष्ट्रपतिमा कोविन्द विजयी

ENGLISH

WORLD

कोविन्द

भारतको १४औं राष्ट्रपतिमा कोविन्द विजयी

21 July, 2017 | Sandeep Bhattarai | 1695 Views | comments

कोविन्द

रामनाथ कोविन्द भारतीय राष्ट्रपतिमा निर्वाचित हुनुभउको छ । भारतीय इतिहासमा तल्लो जातबाट निर्वाचित हुने कोविन्द दोस्रो भाग्यशाली व्यक्तित्व हुनु भएको छ ।

भारतीय संवैधानिक राष्ट्रपतिको संवैधानिक पदमा लागि भएको भारतीय संसद तथा राज्य सभाका सदस्यबाट उहाँलाई ६५ प्रतिशत मत प्राप्त भएको, निर्वाचन आयोगले जनाएको छ ।

एकहत्तर बर्षीय पूर्व वकील तथा राज्य सरकारका गभर्नर भइसक्नु भएका सिमान्तकृत दलित समुदायका कोविन्दलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ दल भारतीय जनता पार्टी गठवन्धनका ‘नेशनल डेमोक्रेटिक एलायन्स ( एनडीए)’ तर्फबाट उहाँको नाम मनोनयन भई गत सोमबार मतदान भएको थियो । मतगणना बिहीबार सम्पन्न भएको हो ।

विपक्षी गठबन्धनको उम्मेदवारलाई झण्डै दोब्बर मतान्तरले पराजित गर्दै भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द भारतको १४औं राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो । भाजपा नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठवन्धनबाट राष्ट्रपतिका उम्मेदवार बन्नु भएका कोविन्दले ६५.३५ प्रतिशत मत प्राप्त गर्दै राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी कंग्रेस आई नेतृत्वको युपीए गठबन्धनकी उम्मेदवार मीरा कुमारले ३४.३५ प्रतिशत मत पाउनु भएको छ । साउन २ गते सम्पन्न निर्वाचनपछि आज सम्पन्न मतगणनामा कोविन्दले ७ लाख २ हजार ४४ मत पाउँदा मीरा कुमारले ३ लाख ६७ हजार ३१४ मत पाउनु भएको आयोगले जनाएको छ ।

निर्वाचनमा भारतका लोकसभाका र राज्य सभाका सांसदले मतदान गरेका थिए । उत्तर प्रदेशका दलित नेताका रुपमा चिनिनु भएका कोविन्द दुई पटक राज्यसभा सदस्य भइसक्नु भएको छ । भारतका वर्तमान राष्ट्रपति प्रणव मुखर्जीको कार्यकाल यही साउन ९ गते सकिएपछि नवनिर्वाचित राष्ट्रपति कोविन्दले राष्ट्रपतिको जिम्मेबारी सम्हाल्नुहुने छ ।

कानुनको राम्रो ज्ञाता, विसान तथा गरिब दलित समुदायबाट प्रतिनिधित्व गर्ने कोविन्द उत्तर प्रदेशबाट राष्ट्रपति हुने पहिलो व्यक्ति हुनुहुन्छ । सत्तारुढ दलले दलित उम्मेदवारलाई बनाएपछि प्रतिपक्षी दल भारतीय काङ्ग्रेसले पनि पूर्व सभामुख मीरा कुमारलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।

यसैबीच प्रधानमन्त्री मोदीले ट्वीट गर्दै नवनिर्वाचित राष्ट्रपति कोविन्दलाई वधाई ज्ञापन गर्नुभएको छ । सन्देशमा भनिएको छ, “श्री रामनाथ कोविन्दलाई भारतको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा वधाई ! तपाईँको पलदायी तथा प्रेरणादायी कार्यकालका लागि शुभकामना ।”

यसैबीच कोविन्द राष्ट्रपतिमा निर्वाचित भएसँगै प्रधानमन्त्रीको भारतीय सत्तामा थप बल पुग्ने विश्वास विश्लेषकहरूले बताएका छन् । कोविन्दलाई राष्ट्रपति बनाएसँगै अछुत भनिने भारतीय दलित समुदायलाई भाजपाले महत्वपूर्ण सन्देश दिएको छ ।

भारतको जम्मा एक अर्व ३० करोड जनसङ्ख्यामा करिब २० करोड जनसङ्ख्या गरीब दलित समुदायको रहेको छ । उहाँ भारतीय इतिहासमा दलित समुदायबाट राष्ट्रपति बन्ने दोस्रो व्यक्ति हुनुहुन्छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK