भारतको राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

ENGLISH

POLITICS

भारतको राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

8 April, 2018 | Kabi Adhikari | 1365 Views | comments

भारतको तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज बेलुका स्वदेश फर्किदैँ छन्।

kp-ba

भ्रमणको तेस्रो दिन आज प्रधानमन्त्री ओलीले उत्तराखण्डमा रहेको कृषि परियोजना कार्यक्रमको अवलोकन गरेका छन्। लगत्तै उनलाई गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले मानार्थ विद्यावारिधिले सम्मानित गर्दैछ।

भारत भ्रमणको अन्तिम दिन आज बिहान प्रधानमन्त्री ओलीले केही राजनीतिक भेटघाट समेत गरेका छन्। भारत भ्रमणको क्रममा प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हिजो भेटवार्ता भएको थियो। सो क्रममा दुवै देशले १३ बुँदे संयुक्त विज्ञप्ती सार्वजनीक गरेका थिए।

संयुक्त विज्ञप्तीमा दिल्ली काठमाडौं रेलमार्ग निर्माणदेखि अरुण तेस्रो, पञ्चेश्वरलगायतका विभिन्न जलविद्युत परियोजनाको कामलाई गति दिने सहमति भएको थियो। भारत भ्रमणको क्रममा ओलीले नेपालका विविधि आर्थिक क्षेत्रमा लगानी गर्न भारतीय सरकारी र नीजि क्षेत्रलाई आग्रह गरेका थिए।

भारतसँगको सम्बन्ध सुधार र पुराना सम्झौताको कार्यान्वयनमा पहल गर्ने एजेण्डा बोकेर दिल्ली उत्रिएका प्रधानमन्त्री ओलीले महत्वपुर्ण राजनीतिक भेटवार्ता सम्पन्न गरिसकेका छन्। प्रधानमन्त्री ओली आजै साँझ ६ बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको शिष्टाचार भेट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

america

टीपीएस सुविधा लिएका नौ हजार नेपाली अमेरिकाबाट फर्किनुपर्ने

न्यूयोर्क (अमेरिका): अमेरिकामा रहेका नेपालीले पाइरहेको टिपीएस सुविधा आगामी...

quatar-nepali

कतारबाट नेपाल पत्रकार महासंघको अगुवाईमा तीन नेपालीको उद्दार

कतार: बैदेशिक रोजगारीको सिलसिलामा केही दिनअघि कतार आएका तीनजना...

आइपिएल : हैदराबादद्वारा पञ्जाब १३ रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) प्रतियोगिता अन्तर्गत बिहिबार भएको खेलमा...

mayakai-piralo

चर्चित गायिका भूमिका गिरिले ल्याइन “मायाकै पिरलो” [भिडियोसहित]

चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको...

MOST POPULAR

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

FACEBOOK