भारतको मुम्बईमा दुई नेपालीको हत्या

ENGLISH

NRN GLOBAL

भारतको मुम्बईमा दुई नेपालीको हत्या

3 June, 2016 | arjun baral | 970 Views | comments

रोजगारीको शिलसिलामा मुम्बई पुगेका दुई नेपालीको विभत्स हत्या भएको छ। मुम्बईको मारूल पाडा उल्लाहस नगरमा नेपालको कैलाली लम्कीचुहा नगरपालिका २ चौरी स्थायी घर भएका ३० वर्षीय मदन सुनार र २८ वर्षीय राजु सुनारको बिहीबार बिहान साढे दुई बजेतिर हत्या भएको स्रोतले बताएको छ ।

timthumb (1)
बिहिबार राति दुई दाजुभाई मिलेर मदनको कोठामा खानपिन गरेका थिए। खाना खाइसकेपछि मदनले भाइ राजुलाई कोठासम्म पुर्याउन राति १२ बजेतिर कोठाबाट निस्किए। तर उनीहरूको शव शुक्रबार बिहान एक बगैंचामा भेटिएको भारतीय सञ्चार माध्यमले जनाएको छ।

मदनको श्रीमतीलाई आफ्नो श्रीमानको खबर नभएपछि ६ महिनाको बच्चा लिएर सोधपुछ गर्दै उनी बस्ने भवनमा पुगिन्। मदनको हत्या भएको र उनको लाश एउटा बगैंचामा भेटिएको खबरले मदनकी श्रीमती अचेत छिन्। अखिल भारत नेपाली एकता मञ्चका सदस्यलाई नेपालीको हत्या भएको खबर भए लगत्तै उनले प्रहरीकोमा गएका थिए।
मञ्चका सदस्य कमल सुजीका अनुसार प्रहरीले तुरून्तै छानबिन प्रकृया सुरू गरेर घटनास्थलमा घेरा हालेको छ। प्रहरीले घटनास्थलबाट दुई शंकास्पद व्यक्तिलाई समातेर छानबिन सुरू गरेको छ। छानबिनको क्रममा पक्राउ परेको व्यक्तिबाट हत्यामा प्रयोग गरिएको चक्कु र काटिएको लिंग फेला पारेका छन्।
प्रहरीका अनुसार अभियुक्तसँग सोधपुछ गर्दा, राति हिँडिरेका मदन र राजुलाई रक्सी खाएर मातेका केही युवकले पैशा मागेका थिए । तर उनीहरुसँग दिने पैशा नभएका कारण ती युवकहरुले चक्कुले मारिएको जानकारी प्राप्त भएको छ। शरीरको हरेक ठाउँमा उनीहरुले चक्कुले काटेका छन् । राजुको लिंग पनि काटिएको छ । एसपी प्रशान्त कदमका अनुसार १८ वर्षदेखि २२ वर्ष उमेरका ती युवकहरुमध्ये ५ जनालाई समातिएको छ। हत्यामा संलग्न सबैको खोजि भइरहेको उनले बताए ।
मदन र राजुको पोस्टर्माटम भइसकेको छ र उनीहरुको लास उल्लहासनगरको सेन्ट्रल अस्पतालमा राखिएको छ। आज उनीहरुको दाहसंस्कार हुने पारिवारिक स्रोतले जनाएको छ।

भारतमा एक नेपालीको मृत्यु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK