भारतको पहलमा केन्याबाट ७ नेपाली चेलीको उद्धार

ENGLISH

NRN GLOBAL

susma-swaraj-twitter

भारतको पहलमा केन्याबाट ७ नेपाली चेलीको उद्धार

5 January, 2018 | Kabi Adhikari | 5555 Views | comments

मानव बेचबिखनमा संलग्न दलालको जालोमा पुगेर अफ्रिकी मुलुक केन्या पुगेका ७ नेपाली चेलीको उद्दार भएको छ । भारतीय उच्च आयोगको पहलमा ७ नेपालीसँगै ३ भारतीय युवतीको उद्दार भएको हो ।

susma-swaraj-twitter

नैरोवीमा रहेको भारतीय हाइ कमिसन (उच्च आयोग)ले भारत हुँदै कन्या लैजान लगिएका ३ भारतीय युवतीको उद्दार गरेको हो । सो क्रममा सँगै केन्या लैजान लगिएका ७ नेपाली युवतीको पनि उद्दार गरिएको भारतीय विदेशमन्त्री सुषमा स्वराजले जनाएकी छन् ।

भारतीय उच्च आयोग र केन्या प्रहरीको संयुक्त अपरेसनबाट नेपाली र भारतीय गरी १० युवतीको उद्दार गरिएको हो । भारतको पञ्जावलाई आधार बनाएर अफ्रिकी देशमा भारतीय र नेपाली युवतीको तस्करी हुने गरेको तथ्य समेत सार्वजनिक भएको छ ।

भारतीय विदेशमन्त्री स्वराजले सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै भारतीय र नेपाली युवतीको उद्दार गरिएको बताएकी छन् ।मन्त्री स्वराजका अनुसार ती युवतीलाई केन्याको मोम्बासामा बन्धक बनाएर राखिएको थियो । मोम्बासा केन्याको प्रमुख बन्दरगाह भएको शहर हो ।

‘हामीले तीन भारतीय युवतीलाई केन्यामा उद्दार गरेका छौं । संस्थागत रुपमा भइरहेको अपराधको सिन्डिकेटमार्फत यिनीहरु बेचिँदै थिए । सात नेपाली युवतीकोसमेत उद्दार भएको छ,’ स्वराजले ट्वीटरमा लेखेकी छन्, ‘उनीहरुको पासपोर्ट र फोन नियन्त्रणमा लिइएको छ । उनीहरुलाई मोम्बासामा बन्धक बनाएर राखिएको थियो ।’

साथै स्वराजले उद्दारमा संलग्न भारतीय उच्च आयोगका आयुक्त सुचित्रा दुरै र प्रथम सचिव किरण यादवको उच्च प्रसंशा गरेकी छन् । स्वराजले केन्या प्रहरीबाट सहयोगका लागि धन्यवाद ज्ञापन गरेकी छन् ।

साउदीमा बन्दी बनाइएकी नेपाली चेलीको उद्धार

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK