भानु जयन्ती र गीतलेखन गोष्ठी बेलायतमा सम्पन्न

ENGLISH

NRN GLOBAL

भानु जयन्ती र गीतलेखन गोष्ठी बेलायतमा सम्पन्न

10 July, 2018 | Sandeep Bhattarai | 1335 Views | comments

भानु जयन्ती र गीतलेखन गोष्ठी

गत आइतबारका दिन विश्व नेपाली साहित्य महासङ्घ, साउथ युकेले गीत लेखन गोष्ठी सम्पन्न गर्यो ।नेपालबाट पाल्नुभएका विश्व नेपाली साहित्य सम्मेलनको निम्ति आमन्त्रित गीतकार भावेस भुमरीद्धारा गीत लेखनबारे विस्तृत प्रशिक्षण दिनुभयो ।

आगामी १२ अगष्टको दिन क्यान्टवरी युनिभर्सिटीमा सम्पन्न हुने दोस्रो विश्व नेपाली साहित्य सम्मेलन स्थल नजिक प्रिसम्मेलन स्वरुप गीत लेखन गोष्ठी तथा साहित्य महासङ्घ स्थापनाको ८ औं बर्षगाँठ साथै २०५ औ भानु जयन्ती मनाएको छ ।

आदिकवि भानभक्तको बारेमा सन्ध्या गुरुङ र लाहाङ चेम्जोङले बोल्नु भयो भने विश्व सम्मेलनको बारेमा सम्मेलन सहसंयोजक विजय हितानले आयोजक तथा ब्यवस्थापक समिति विस्तार गरि ५७ बनाईएको जानकारी गराउनु भयो । साहित्य महासङ्घ केन्द्रका अध्यक्ष विश्वास दीप तिगेलाले स्थापना दिवसको शुभ कामना साथै विश्व सम्मेलनको निम्ति जोडतोडले देशविदेशमा तयारी भईरहेको साथै उक्त सम्मेलन सम्पन्न गर्न सबैलाई साथ सहयोग गर्न आब्हान गर्नुभयो ।

प्रशिक्षकको रुपमा रहनु भएका भुमरीको जीवनी बारेमा अमित थेवेले प्रकाश पार्नुभएको थियो भने साहित्य महासङ्घ साउथ युकेका अध्यक्ष करिष्मा घमको सभापतित्वमा गोष्ठी सम्पन्न भएको थियो । कार्यक्रमलाई महासचिव थीर थापाले आकर्षण ढंगबाट संचालन गर्नुभएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

डा. केसी

ह्वाईट हाउस अगाडी डा. केसीको प्राण रक्षाको लागी नेपाली समुदायको ऐक्यबद्धता

डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK