भानु जयन्तीको अवसरमा बिश्वव्यापी मुक्तक प्रतियोगिता हुँदै

ENGLISH

NRN GLOBAL

भानु जयन्तीको अवसरमा बिश्वव्यापी मुक्तक प्रतियोगिता हुँदै

18 June, 2016 | Bipin Acharya | 490 Views | comments

huमुक्तक विधाको विकास र विस्तार गर्ने उदेश्यले २०३ औं भानु जयन्तीको अवसरमा विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा र विश्व नेपाली साहित्य महासंघ साउदी अरेबिया शाखाको संयुक्त आयोजनामा हुन गइरहेको बिश्वव्यापी अनलाइन मुक्तक प्रतियोगिताका लागि जम्मा तिन वटा मुक्तक आव्हान गरिएको छ ।

मुक्तक देश प्रेम, संस्कृति संस्कार ,समाज राजनीति,विकृति बिसंगति, प्रकृति, प्रणय प्रेम जुनसुकै विषयमा भए पनि मौलिक हुनु पर्दछ । गाली गलोज र अरूलाई आक्षेप लाग्ने खालको हुनु हुँदैन । मुक्तक युनिकोड या प्रीतिमा टाइप गरी इमेल मार्फत पठाउनु पर्नेछ (यदि सम्भव भए फोटो सहित वर्ड फाइलमा पठाउनु भए झनै राम्रो)। मुक्तक युनिकोड या प्रीतिमा टाइप गरी इमेल मार्फत पठाउनु पर्नेछ ।

मुक्तक पठाउन म्याद जम्मा १० दिन राखिएको छ (जुन १६ देखि २६) । त्यसैले मुक्तक छिटो भन्दा छिटो पठाउनु हुन सम्पूर्ण मुक्तकिला मनहरुमा सादर अनुरोध गर्दछौ ।

मुक्तक पुर्णतः मौलिक तथा अप्रकाशित हुनुपर्नेछ। चोरी तथा कपी गरेका मुक्तक पाइएमा यस्ता मुक्तक समावेश गरिने छैन ।यो विषयमा मुक्तककार आफै जवाफ देहि हुनु पर्नेछ । कसैलाई गाली गलोज तथा आक्षेप लाग्ने हुनु हुँदैन । मुक्तक पठाउँदा प्रतियोगिले पासपोर्ट साइजको फोटो सँगै आफ्नो पूरा नाम, ठेगाना, फोन नम्बर अथवा इमेल आइडी स्पष्ट रूपमा लेखि पठाउनु पर्नेछ । म्याद नाघी आएका मुक्तकलाई प्रतियोगितामा समावेश गरिने छैन ।
पुरस्कार विवरण :-
१.प्रथम पुरस्कार रू ८,०००/-
२.द्वितीय पुरस्कर रू ५,०००/-
३.तृतीय पुरस्कार रू ३,०००/-
४.सान्त्वना पुरस्कार रू १,०००/-
साथमा प्रमाणपत्र दिइनेछ ।
हाम्रो इमेल :

gfnl.israel@gmail.com

Kbp.poudel@gmail.com
सह – सचिव
कल्पना पौडेल ’ जिज्ञासु ’
विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

फुटबलबाटै बाल शिक्षण

फुटबलबाटै बाल शिक्षण

कर्णाली प्रदेशको जुम्लामा स्थापित बालमैत्री एशिया ईन्टरनेश्नल मोडेल ईङ्लिस...

‘धुम–४’ मा अभिषेकलाई नखेलाउने निष्कर्षमा निर्माता

बलिउड अभिनेता अभिषेक बच्चन ‘धुम–४’ मा नदेखिने भएका छन्...

मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको शल्यक्रिया

पार्किन्सन्सबाट पीडित मदनकृष्णको दोस्रो शल्यक्रिया

गत भदौ २८ गते वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको...

एसिया कप

एसिया कप : अफगानिस्तानसंग पराजित भएसंगै श्रीलंका समूह चरणबाटै बाहिरियाे

श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियाे छ ।...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK