भाजपा नेताद्वारा प्रधानमन्त्री ओलीलाई चिठ्ठीः ‘त्रिभुवन विमानस्थल खतराको सूचीमा छ’

ENGLISH

TRAVEL

भाजपा नेताद्वारा प्रधानमन्त्री ओलीलाई चिठ्ठीः ‘त्रिभुवन विमानस्थल खतराको सूचीमा छ’

22 September, 2018 | Sandeep Bhattarai | 4415 Views | comments

भारतीय जनता पार्टीका वरिष्ठ नेता बिजय जौलीले नेपालको एकमात्र अन्तराष्ट्रिय बिमानस्थल खतरनाक भएको भन्दै नेपालका प्रधानमन्त्रीलाई आफूले चिठ्ठी लेखेको एक पत्र मार्फत खुलासा गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष सल्लाहकार समेत रहेका जौलीले नेपालको हवाई मैदानका कारण ठुला दुर्घटना भएको र यसको बारेमा नेपालको नागरिक उड्यन प्राधिकरणलाई पटक पटक जानकारी गराउदा समेत बेवास्ता गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले चिठ्ठी लेखेर काठमाडौ एयरपोर्टको बारेमा जानकारी गराएको भन्दै बिवादास्पद बिज्ञप्ती सार्वजनिक गरेका छन ।

हिन्दी भाषा र अंग्रेजी भाषामा प्रकाशित गरिएको उक्त विज्ञप्तीमा त्रिभुवन विमानस्थलको खराव मैदानका कारण युएस बंगलाको विमान दुर्घटना भई ४९ जना यात्रु मारिएको र टर्किस एयरलाईन्सको विमान दुर्घटना भएको भन्दै नेपालमाथि गम्भीर आरोप लगाइएको छ ।
जौलीले जारी गरेको विज्ञप्तीमा २०१२ सालमा बनेको विमानस्थल ६३ बर्ष बितिसक्दापनि अहिले सम्म मर्मत नभएको कारण जुनसुकै बेला पनि जस्तो सुकै दुर्घटना हुने चेतावनी दिदापनि नेपालको नागरिक उड्यन प्राधिकरणको आंखा खुल्न नसकेको आरोप समेत लगाइएको छ ।

नेपालको बारेमा खोज गर्दै आएका दीपेन्द्र कँडेलले आफुलाई भेटेर नेपालको विमानस्थलको बारेमा जानकारी गराएको र ८ अगष्ट २०१८का दिन ओमानको राजधानी मस्कटबाट काठमाडौ उडेको ओमान एयरको विमान काठमाडौ विमानस्थल अवतरण गर्ने क्रममा विमानस्थलले धावनमार्ग बिग्रिएको र काठमाडौको मौसम खराव भएको कुरालाई गुमराहमा राखेको कारण विमानले नेपालको आकाशमा ११ चक्कर लगाउनु परेको जानकारी आफुलाई गराएको विज्ञप्तीमा उल्लेख छ ।

विमानले ११ चक्कर लगाउदा समेत विमान अवतरण गर्न नपाएपछि इन्धनमा कमी आएपछि भारतको लखनउ विमानस्थलमा अवतरण गराएको भन्ने खवरले आफुलाई दु:खी तुल्याएको पनि नेता जौलीले विज्ञप्तीमा उल्लेख गर्नु भएको छ ।

विज्ञप्तीमा कँडेलले १३ अगष्ट २०१८का दिन नेपालका संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री रबिन्द्र अधिकारीलाई उक्त घटनाको बारेमा जानकारी गराउदा उहांले सन २०१९ को फेव्रुअरी २८ बाट पुनर्निमार्ण शुरु गर्ने घोषणा गर्नु भएको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जौलीले काठमाडौ बिमानस्थल अन्तराष्ट्रिय विमानको उडानको लागि अयोग्य भएको भन्दै नेपाल सरकारलाई तत्काल कदम चाल्न पनि आग्रह गरेको उल्लेख छ ।

विज्ञप्ति –

नेपाल समाचारपत्र

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बिग बास

अष्ट्रेलियाको टी -२० लिग बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२०...

इपिएल

इपिएल : चितवन काठमाडौँसंग छ विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भएको पहिलो खेलमा...

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक १५ बुँदे निर्णय गर्दै सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए)को दुई दिने एसिया प्रशान्त क्षेत्रीय...

स्रष्टा सम्झना तथा सम्मान साँझ

स्रष्टा सम्झना तथा सम्मान साँझ न्यू योर्कमा सम्पन्न

नेपाली अमेरिकन कलाकार संघले डिसेम्बर ८ मा पहिलोपटक नेपालका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK