‘भाग्यले बाँचेकाहरु’ ले जित्यो अमेरिकामा उत्कृष्ट डकुमेन्ट्री अवार्ड

ENGLISH

NRN GLOBAL

‘भाग्यले बाँचेकाहरु’ ले जित्यो अमेरिकामा उत्कृष्ट डकुमेन्ट्री अवार्ड

12 September, 2017 | Sandeep Bhattarai | 1005 Views | comments

भाग्यले बाँचेकाहरु

लगातार अन्तर्राष्ट्रिय अवार्ड जितेको नेपाली डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु‘ ‘नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स’ ले अमेरिकामा पनि उत्कृष्ट अवार्ड जित्न सफल भएको छ ।

अमेरिकाको जर्जिया राज्यस्थित म्यारियट्टा शहरमा आइतबार राति सम्पन्न म्यारियट्टा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘भाग्यले बाँचेकाहरु’ सर्वोत्कृष्ट डकुमेन्ट्री बन्न सफल भएको हो । विश्वका १४ वटा देशका ५५ वटा फिल्म प्रतिस्पर्धामा थिए । त्यसमध्ये भाग्यले बाँचेकाहरु डकुमेन्ट्री विधामा सर्वोत्कृष्ट अवार्ड जित्न सफल भएको म्यारियट्टा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका कार्यकारी निर्देशक डा. रिचर्ड ताभेरनारोले जानकारी दिए । भाग्यले बाँचेकाहरु टिमका तर्फबाट जर्जियास्थित मानार्थ नेपाली पर्यटन दूत राजा घलेले अवार्ड थापेका थिए । नेपालबाट भाग्यले बाँचेकाहरुमात्र सो महोत्सवमा प्रतिस्पर्धाका लागि छनौट भएको थियो ।

नेपालको महाभूकम्पमा परी चमत्कारिक रुपमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको बहुचर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ ले थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ । ‘अमेरिकामा पनि अवार्ड जित्न सफल भएकोमा धेरै खुसी लागेको छ । हामीले गरेको काम संसारभर सम्मानित हुनु गर्वको कुरा हो,’ भाग्यले बाँचेकाहरुका निर्देशक गणेश पाण्डेले भने, ‘अन्तर्राष्ट्रिय जगतमा यसले नेपालको इज्जत र गरिमा बढाउने काम गरेको छ ।’

भाग्यले बाँचेकाहरु

साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेको भाग्यले बाँचेकाहरुको छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रुपमा काम गरेका छन् ।

‘भाग्यले बाँचेकाहरु’ बेलायती संसदमा प्रदर्शन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

एनआरएनए प्रतिनिधिद्वारा शंखमुल पार्कको अवलोकन

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वको एक प्रतिनिधि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK