‘भाग्यले बाँचेकाहरु’का निर्देशक र निर्मात्रीलाई बेलायतमा सम्मान

ENGLISH

NRN GLOBAL

‘भाग्यले बाँचेकाहरु’का निर्देशक र निर्मात्रीलाई बेलायतमा सम्मान

1 May, 2017 | Bipin Acharya | 1045 Views | comments

‘ चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेलाई बेलायतमा अभिनन्दन गरिएको छ ।

लमजुङ समाज युकेले लण्डनमा भव्य कार्यक्रम गरी निर्देशक पाण्डे र निर्मात्री गैरेलाई सम्मान गरेको हो । बेलायतको अल्ण्डरसटमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष बोहत गुरुङले लमजुङमा जन्मेर संसारभर नेपालको नाम राख्न सफल भएको भन्दै निर्देशक पाण्डे र उहाँकी धर्मपत्नीसमेत रहेकी निर्मात्री गैरेलाई सम्मानपत्रसहित सम्मान गर्नुभएको हो ।

कार्यक्रममा लमजुङ सेवा समाजका सल्लाहकार एकेन्द्र गुरुङले निर्देशक पाण्डेको व्यक्तित्वका बारेमा चर्चा गर्दै आगामी दिनमा पनि उत्कृष्ट डकुमेन्ट्री निर्माणका लागि शुभकामना दिए ।

कार्यक्रममा लमजुङ समाजका साथै आमा समूहका तर्फबाट उहाँलाई सामूहिक रुपमा उहाँहरुलाई खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा ‘भाग्यले बाँचेकाहरु’ पनि प्रदर्शन गरिएको थियो । ‘भाग्यले बाँचेकाहरु’ हेर्दा धेरैको आँखा रसाएका थिए ।

‘भाग्यले बाँचेकाहरु’ बेलायतको शहर-शहरमा

यसैबीच भाग्यले बाँचेकाहरु बेलायतको बिभिन्न शहरमा प्रदर्शन हुँदैछ । आइतबार उत्तरी आयरल्याण्डको बेल्फास्टमा नेपाली समुदायले प्रदर्शन गर्दैछ । प्रदर्शनमा भाग लिन ‘भाग्यले बाँचेकाहरु’ का निर्देशक पाण्डे र निर्मात्री गैरे उत्तरी आयरल्याण्ड पुगेका छन् ।

यसैगरी, सहारा क्लव युकेले आगामी शनिबार साँझ ७ उलवीचस्थित ट्रामसिड थियटर र आइतबार साँझ ७ बजे अल्डरसटस्थित एम्पाएर बैंक्वटमा प्रदर्शन हुँदैछ ।

गत साता बेलायतको संसदमा भाग्यले बाँचेकाहरु प्रदर्शन भएको थियो । भूकम्पमा चमत्कारिक रुपमा बाँच्न सफल नेपालीहरुको कथामा बनेको ‘भाग्यले बाँचेकाहरु’ एक दर्जन अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ भने विश्वका १३ वटा भाषामा अनुवाद भएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बैतडीको पाटनमा धानखेती

बैतडीको पाटनमा धानखेती

समयमै वर्षा भएकाले किसानले बैतडीको पाटनमा लगाएको धान खेती...

मृत्यु

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक...

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK