भाइबरको नेपाल कनेक्सन

ENGLISH

TECH

भाइबरको नेपाल कनेक्सन

प्रियंकाको फेबरेट भाइबर

24 June, 2016 | Krishna Adhikari | 1660 Views | comments

viberकिरण आचार्य/कारोबार चर्चित भ्वाइस कल तथा म्यासेंजिङ एप भाइबर प्रयोग गर्ने नेपालीको संख्या ४५ लाख पुगेको भाइबरले जनाएको छ । यो तथ्यांकसँगै भाइबरले नेपालमा कार्यालय नै राखेर यहाँका सरोकारवालासँगको सहकार्यमा उपभोक्तालाई थप सन्तुष्ट पार्ने प्रतिबद्धता व्यक्त गरेको छ । भाइबर प्रयोग गर्नेको संख्या र भाइबारको प्रतिबद्धताले भाइबर एप र नेपालको सम्बन्ध भविष्यमा थप प्रगाढ बन्ने देखिएको छ ।

विश्वभर भाइबारका प्रयोगकर्ता ७ करोड छन् । यो तथ्यांकलाई आधार मान्दा विश्वमै सबैभन्दा धेरै भाइबर प्रयोग गर्ने देशहरुको सूचीमा नेपालको स्थान धेरै अगाडि छ । भाइबारका कुल ग्राहकमध्ये साढे ६ प्रतिशत त नेपाल मै छन् । त्यसैले त भाइबरले नेपाली उपभोक्तालाई सन्तुष्ट पार्न र थप फकाउन विभिन्न स्किमका साथ औपचारिक रूपमा नेपाल भित्रने घोषणा गरेको छ । यसअघि नै अनौपचारिक रूपमा नेपालका लागि स्टिकर र पब्लिक च्याट सुरु गरिसकेको भाइबरले बिहीबारदेखि यसको औपचारिक सुरुवात गरेको छ ।

बिहीबार राजधानीको होटेल सोल्टीमा आयोजित कार्यक्रममा बोल्दै भाइबर साउथ एसियाका प्रमुख अनुभव नैय्यरले नेपालसँगको सम्बन्ध थप मजबुत बनाउन भाइबर इच्छुक रहेको बताए । “पक्लिक च्याटको सफलतापछि हाम्रो ग्राहकमाझ नयाँ अफर ल्याउने योजना छ,” उनले भने, “यसका लागि यहाँका स्टेकहोल्डरसँग सहकार्य गरेर नेपालमा लगानी गर्ने योजनामा छौं ।” उनले नेपालका संचारमाध्यम र चलेका व्यावसायिक कम्पनीहरूसँगको सहकार्यमा नेपाली उपभोक्ताको सुविधामा थप काम गर्ने बताए । भाइबरले यसअघि नै नेपालमा टूबोर्गलगायतका केही कम्पनीसँग सहकार्य गरिसकेको छ ।
सन् २०१० मा स्थापित भाइबरले सन् २०११ देखि विश्वव्यापी सेवा सुरु गरेको थियो । भ्याइसकलिङ र च्याटबाट सेवा सुरु गरेको भाइबरले पछिल्लो समयमा स्टिकर सुविधा र भिडियो कलिंग सुविधासमेत थपेको छ । गु्रप च्याट, सेलिबे्रटिहरूका लागि फ्यान च्याट गु्रुप जस्ता सुविधा थप्दै गएको भाइबरको एप्लिकेसन मोबाइलमा मात्र नभई ट्याब, ल्यापटप वा डेक्सटपबाट पनि चलाउन सकिन्छ । “सित्तैमा फोन गर्न पाइन्छ भनेपछि निकै उत्साहित हुँदै भाइबार चलाउन थालें,” अभिनेत्री प्रियंका कार्की भन्छिन्, “अमेरिकामा रहेको मेरो भाइसँग निरन्तर सम्पर्कमा रहन यसले निकै मद्दत ग¥यो ।” चलाउन सजिलो भएकाले पनि यसको प्रयोग नेपालीले बढी गर्न थालेको उनले बताइन् ।

नेपालमा सेवा विस्तारसँग वित्तीय कम्पनी, एफएमसीजी, टेलिकम्युनिकेसनलगायतका प्रदायकहरू सहितका सबै कम्पनीसँग सहकार्य गरेर अगाडि बढ्नका लागि भाइबरले लगानी गर्ने प्रतिबद्धता नैय्यरको छ । भाइबर प्रयोग गर्नेको संख्या बढी हुनुले पनि नेपालीमाझ शाख जोगाइराख्न भाइबरले नेपालमा थप लगानी गर्ने घोषणा गरेको देखिन्छ । ठूलो जनसंख्या रहेको मुलुक भारतमा भन्दा पनि नेपालमा सक्रिया बढाउनु भाइबरको बुृद्धिमानी कदमका रुपमा हेरिएको छ । भारतमा भने ह्वाट्सएप र अन्य नयाँ सोसल साइट चर्चित छन् ।

भाइबरले विश्वमा मोबाइल पेमेन्टका लागि पनि काम गर्दै आएको छ । स्थानीय रूपमा वेस्टर्न मनी ट्रान्सफरबाट भुक्तानीको व्यवस्था गरिएको सुुविधाका कारण पनि भाइबर चर्चामा छ । नेपालमा भने यसको सेवा तत्काल सुरु नभए पनि निकट भविष्यमा यस विषयमा निर्णय गर्न सकिने भाइबरले जनाएको छ । भाइबरले नेपाली प्रयोगकर्ताका लागि नयाँ वर्षको अवसर पारेर रु. १० हजार बराबरको स्टिकर निःशुल्क प्रयोग गर्न दिएको थियो ।

नेपालमा भूकम्पको समयमा भाइबर एप्लिकेसनबाट सिधै र सित्तैमा नेपालबाट बाहिर र बाहिर भएका नेपालीले यहाँका आफन्तलाई सित्तैमा फोन गर्ने सुविधा दिएको थियो । भाइबरको यो सुविधाका कारण पनि नेपालीले भाइबरलाई थप रुचाएका छन् । यद्यपि स्काइले पनि भूकम्पको बेला यस्तो सुविधा पु¥याएको थियो । भाइबरले दिने सुविधा दिन स्काइ, ईमो, ह्वाट्सएप, स्न्याप च्याटजस्ता दर्जनौ फ्रि एपहरू विश्व मार्केटमा छन् । तर, भाइबर नेपाल सम्बन्धको कडि कति बलियो बनाउने भन्ने विषय भने अब भाइबरको हातमा छ ।

प्रियंका कार्की, अभिनेत्री

मैले सन् २०११ देखि भाइबर प्रयोग गर्दै आएको छु । प्रयोग गर्न निकै सजिलो, धेरै फिचर भएको र पछिल्लो समयमा गु्रप च्याटसमेतको फिचरले भाइबर थप उपयोगी बनेको छ । टाढा रहेका आफन्तसँग कुरा गर्दा होस् वा देश बाहिर रहँदा साथीहरूसँग सम्पर्कमा रहन होस्, यो मेरा लागि धेरै उपयोगी बनेको छ ।

सहाना बज्राचार्य, मोडल

भाइबर नाम नै यसको परिचय हो । भाइबरको कुनै परिभाषा दिइहरनु पर्छ जस्तो लाग्दैन मलाइ त । नेपालमा ४५ हजारले भाइबरको प्रयोग गरेको तथ्यांकबाट पनि यसको लोकप्रियताको अनुमान गर्न सकिन्छ । कुनै समय मैले टेलिभिजन कार्यक्रम चलाउँदा विदेशमा रहेका दर्शकसँग भाइबरबाट कुरा गर्दा निकै उपयोगी पाएको थिएँ । अहिले ग्रुप च्याटको फिचर बढी मनपर्छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रविन्द्र अधिकारी

असारको पहिलो साताभित्र राजविराजबाट नियमित उडान हुने : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज...

प्रचण्ड

पाँचवर्षसम्म सरकार सञ्चालन हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट अनुमोदित...

- यादब देवकोटा

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

यसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK