भर्जिनियामा एनआरएनए अमेरिकाको निर्वाचनको विषयमा छलफल

ENGLISH

भर्जिनियामा एनआरएनए अमेरिकाको निर्वाचनको विषयमा छलफल

6 May, 2017 | Sandeep Bhattarai | 565 Views | comments

एनआरएनए अमेरिका

वासिङ्गटन, डिसी । चाँडै हुने एनआरएनए अमेरिकाको निर्वाचन अन्र्तगत भर्जिनिया राज्यका सदस्यहरुले भर्जिनिया च्याप्टरको लागि उम्मेदवारी घोषणा तथा सदस्यहरुका बीच छलफल सहित मार्च ४ विहिवार साँझ गेन्सभिलमा भेला सम्पन्न भएको छ ।

स्थानिय समाजसेवी दधि ढुङ्गाना तगायतका व्यक्तिहरुको सक्रियतामा आयोजना गरिएको सो भेलामा करिब ५० जना व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सो भेलामा भर्जिनिया च्याप्टरको अध्यक्ष पदमा पबन वाराकोटी खनाल तथा गोविन्द सुवेदीले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । भर्जिनिया च्याप्टरका वर्तमान सचिव कृष्ण भण्डारीले कुनै निश्चित पदकोलागि उम्मेदवारी घोषणा नगरी नयाँ बन्ने समितिको कुनै पनि पदमा रहेर काम गर्न इच्छुक भएको जानकारी गराए । त्यसै गरि शरेस अधिकारीले एनआरएन एनसीसी अमेरिकाको बोर्ड अफ डिरेक्टरको पदमा उम्मेदवारी घोषणा गरेको जानकारी गराएका थिए भने परशुराम भण्डारीले एनआरएनए एनसीसी अमेरिकाकोलागि उम्मेदवारी घोषणा नगरेको तर आफ्रनो इच्छा रहेको जानकारी गराएका थिए ।

स्वस्फूर्तरुपमा भेलाको संयोजन गरेका दधि ढुङ्गानाले सदस्यहरुबीच छलफल होस्, आकाक्षीहरुले उम्मेदवारीको जानकारी गराउन पाउन् र सदस्यहरुले भोलिका दिनमा समितिबाट कस्तो अपेक्षा गरेका छन् भन्ने कुरा व्यक्त हुन सकोस् भनेर अनौपचारिक भेलाको आयोजना गरिएको जनाएका थिए ।

भेलामा बोल्ने अधिकांश व्यक्तिहरुले कम्तिामा पनि एनआरएनए भर्जिनिया च्याप्टरलाई राजनीतिबाट मुक्त बनाउन सल्लाह दिएका थिए । मुख्यरुपमा भर्जिनियामा रहेका सबै संघसस्थाहरुलाई समन्वय गरि यहाँका नेपालीहरुले शीर उचोँ बनाउन सक्ने कार्यक्रमहरु सञ्चालन गर्न अनुरोध गरेका थिए ।

त्यसैगरि दोश्रो पुस्तामा एनआरएन प्रतिको रुचि जगाउँदै उनीहरुको उपस्थिति हुन सक्ने वातावरण बनाउनु पर्ने कुरालाई जोड दिएका थिए । साथै कम्युनिटि हल निर्माणमा पहल गर्ने, भर्जिनियाका नेपालीहरुको डेटा बेस तयार गर्ने, नेपालबाट आउने व्यक्तिहरुलाई सूचना र सहयोग गर्ने लगायतका विषयहरुमा आगामी कार्यसमितिले काम गर्नु पर्ने कुराहरुका विषयमा सुझाव प्रदान गरेका थिए ।

च्याप्टरका अध्यक्षको लागि मात्र दुई जनाले आफ्नो उम्मेदवारी घोषणा भएको थियो । समितिका अन्य पदका लागि सो भेलामा कसैले पनि उम्मेदवारी घोषणा गरेका थिएनन् । दुई जना आकांक्षीहरुले सहभागीहरुले उठाएका विषयमा आफूले काम गर्ने जानकारी गरेका थिए ।
कार्यक्रममा वर्तमान अध्यक्ष मुक्ति दवाडीले आफ्नो नेतृत्वको समिति नै भर्जिनियाकोलागि पहिलो एनआरएन च्याप्टर भएकोले शुरुवाती अवस्थामा गर्न सकिने कामहरु भएका र अवका दिनमा अझ सजिलो हुने बताएका थिए ।

कार्यक्रमको अन्त्यमा समाजसेवी गोपाल रेग्मीले आंकाक्षी उम्मदेवारलाई च्याप्टरको भिजन, मिसन र लक्ष्य सहितको ठोस योजना बनाएर अगाडि बढ्न सुझाव दिएका थिए ।

अनौपचारिकरुपमा नै भए पनि आयोजना गरिएको यस्तो भेलाको प्रभावकारिता राम्रो भएको र अव बन्ने समिति सबै क्षेत्र र पक्षलाई मिलाएर सहमतिमा निर्माण हुनु पर्ने सहभागिहरुले प्रतिकृया व्यक्त गरेका थिए ।

एनआरएनए अमेरिकाका अध्यक्ष पदका उम्मेदवारहरुको बहस कार्यक्रम सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेल्जियममा संविधान दिवस मनाईयो

बेल्जियममा संविधान दिवस मनाईयो

नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ...

‘दशैँ साँझ’मा डोनाल्ड ट्रम्प बन्दै हाँस्य कलाकार गजुरेल

   आगामी  सेप्टेम्बर २२ तारिख शुक्रबार हुने ‘दशैँ साँझ’का...

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन बिहीबार वैदिक विधिपूर्वक...

जापानमा भव्यताका साथ संविधान दिवस मनाईयो

जापान स्थित नेपाली दूतावासको आयोजनामा टोकियोमा दोश्रो संविधान दिवस...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK