भरतपुर अस्पतालमा अक्सिजन उत्पादन शुरु

ENGLISH

TECH

भरतपुर अस्पतालमा अक्सिजन उत्पादन शुरु

12 March, 2018 | Kabiraj Adhikari | 4205 Views | comments

भरतपुर अस्पतालले आफैँले प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन गर्न शुरु गरेको छ ।

oxyzen-produce-bharatpur-hospital

दुई वर्ष अक्सिजन खरिद गर्न लाग्ने खर्चले प्लान्ट नै निर्माण भएको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीका अनुसार रु एक करोड ४६ लाखको लागतमा अक्सिजन प्लान्ट निर्माण गरिएको हो ।

वार्षिक अक्सिजन खरिदमा रु ७० लाख हाराहारी खर्च हुने गरेकामा दुई वर्षमा खर्च हुने पैसाले प्लान्ट नै निर्माण गरिएको उहाँले बताउनुभयो ।

पाइपलाइनमार्फत अस्पतालका अक्सिजन आवश्यक पर्ने विभागमा आपूर्ति गरिएपछि सिलिण्डरमा निर्भर हुन नपर्ने भएको उहाँले बताउनुभयो । अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीका अनुसार गतवर्ष स्वास्थ्यमन्त्री गगनकुमार थापा हुँदा नै बजेट विनियोजन भएको भए पनि बढी पैसा बोलपत्र हाल्नेले मुद्दा दिएपछि काममा ढिलाइ भएको बताउनुभयो ।

रु एक करोड ९२ लाख बोलपत्र हालेको कमलेश इन्टरप्राइजेजले रु एक करोड ४६ लाख टेण्डर हाल्ने टेक्निकल एशोसिएट्स सर्भिसेज प्रालिले प्रक्रिया नपु¥याएको भन्दै मुद्दा हालेपछि समयमै फैसला नहुँदा काममा केही ढिलाइ भएको अध्यक्ष राजभण्डारीले बताउनुभयो ।

उहाँका अनुसार पूर्वमन्त्री थापाले अक्सिजन खरिद गर्ने पैसाले प्लान्ट नै निर्माण गर्न सकिने भएकाले तत्काल काम गर्न बजेटसहित निर्देशन दिनुभएको थियो । अस्पतालमा भर्ना भएका ६०० बिरामी, छ वटा शल्यक्रिया कक्षमा शल्यक्रिया गरेका बिरामी, २० वटा सघन उपचार कक्षमा रहेका बिरामी, १२ वटा शिशु सघन उपचार कक्षमा रहेका बिरामी, ६० शय्याको मेडिकल वार्ड र १५ शय्याको वृद्धवृद्धाको वार्डमा अक्सिजन आपूर्ति गरिएको उहाँले बताउनुभयो ।

अस्पतालका बायोमेडिकल इन्जिनियर लीलाम्बर चौधरीले अस्पताललाई २४ घण्टामा २४ हजार लिटर अक्सिजन आवश्यक पर्ने भए पनि अहिले जडान गरेको प्लान्टबाट २४ घण्टामा सात लाख २० हजार लिटर उत्पादन हुने बताउनुभयो । यो प्लान्टबाट ५०० लिटर प्रतिमिनेट (३० एनएमक्यू प्रतिघण्टा) उत्पादन हुने चौधरीले बताउनुभयो ।

डेनमार्कको अक्सिमेट कम्पनीले उत्पादन गरेको यस प्लान्टबाट पाइपलाइन र सिलिण्डर दुवैमा ग्यास आपूर्ति एवं भर्न सकिनेछ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट मरासिनीले जिल्लाका अन्य अस्पताललाई पनि अक्सिजन आपूर्ति गर्न सक्ने गरी उत्पादनको क्षमता रहेको बताउनुभयो । उहाँका अनुसार सरकारी तवरमा सम्भवतः काठमाडौँको वीर अस्पताल, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि भरतपुर अस्पतालमा प्लान्ट जडान भएको हो ।

कतिपय अस्पतालले बिरामीसँग अक्सिजन शुल्क लिने गरेको भए पनि भरतपुर अस्पतालले यसअघि पनि शुल्क नलिएको र अब पनि लिनुनपर्ने भएको मरासिनीले बताउनुभयो । हावामा अक्सिजन, नाइट्रोजन र अन्य ग्यास हुने गर्छ । अन्य ग्यासलाई हटाएर अक्सिजनमात्र बाहिर निकाल्ने प्रेसर स्विङ एडजप्सन प्रविधिबाट अक्सिजन ग्यास बाहिर निकाल्ने गरिन्छ ।

पोखरामा ५०० सिसी क्यामेरा राखिने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK