भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छ – रक्षामन्त्री

ENGLISH

भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छ – रक्षामन्त्री

20 November, 2017 | Bhawana Pathak | 1625 Views | comments

रक्षामन्त्री भीमसेनदास प्रधानले भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै चुनाव विरोधी गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

क्यानाडाको भ्यानकुभरमा गतसाता भएको राष्ट्रसंघीय शान्ति स्थापनासम्बन्धी मन्त्रिस्तरीय सम्मेलनबारे जानकारी दिन आज रक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफमा उहाँले त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

केही दिनयता निर्वाचनलाई प्रभावित पार्ने तथा प्रचारप्रसारमा अवरोध खडा गर्नेलगायत आपराधिक गतिविधि हुन नदिन सरकार गम्भीर रहेको बताउँदै उहाँले त्यस्ता क्रियाकलापमा संलग्नलाई कारबाही गर्ने दृढता व्यक्त गर्नुभयो ।

बम, बारुदी पासो विष्फोटजस्ता ३४ वटा आपराधिक घटनाको सूचना आफूलाई गृहमन्त्रालयबाट प्राप्त भएको जानकारी दिँदै उहाँले देशमा आतंक मच्चाउनेविरुद्ध सरकार सचेत र गम्भीर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन सुरक्षा सरकारको पहिलो प्राथमिकता हो ।”

प्रधानसेनापति राजेन्द्र क्षत्रीले चुनाव प्रचारमा रहेका नेतालाई तारो बनाएर गरिएका आक्रमणलाई मुुलुकमा राजनीतिक अस्थिरता निम्त्याउन खोज्ने उच्छृङ्खल क्रियाकलापको संज्ञा दिँदै उम्मेदवारको सुरक्षामा केन्द्रित रहेर नेपाली सेना परिचालन नभएको स्पष्ट गर्नुभयो ।

“आम मतदातामा सुरक्षाको पूर्ण प्रत्याभूति गराउँदै निर्वाचनको सुरक्षित एवं विश्वसनीय वातावरण तयार गर्नुका साथै मतपत्रको छपाइ, ढुवानीजस्ता काममा नेपाली सेनाले सुरक्षा दिँदै आएको छ”– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको काबुबाहिरको परिस्थिति सिर्जना भएमा प्रमुख जिल्ला अधिकारीको आग्रहमा सेना परिचालन हुने कार्यादेश सुनाउँदै उहाँले भन्नुभयो ।

दुईदिने सम्मेलनमा नेपालका तर्फबाट आफूले राष्ट्रसंघीय शान्ति स्थापनाका लक्ष्यलाई अझ प्रभावकारी र समयसापेक्ष तुल्याउन तथा सदस्य मुुलुकबीच सहायता अभिवृद्धि गर्नमा योगदान गरेको जानकारी दिँदै रक्षामन्त्री प्रधानले ५९ वर्षदेखि शान्ति सेनामा सहभागी भएर नेपालले विश्वका द्वन्द्वग्रस्त स्थानमा शान्ति कायम गर्ने काम गर्दैआएको बताउनुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK