भन्दै ५० हजार भारुमा युवती विक्री, २३ बर्षपछि दलाल पक्राउ

ENGLISH

भन्दै ५० हजार भारुमा युवती विक्री, २३ बर्षपछि दलाल पक्राउ

2 January, 2017 | Bhawana Pathak | 730 Views | comments

ललितपुरको गलैंचा कारखानामा काम गर्ने दुई युवतीहरुलाई ‘विवाह गर्छु’ भन्दै फकाएर भारतको बम्बैमा लगेर बेच्ने गिरोहका भोटे भनीने ल्वाङ्ग लामालाई प्रहरीले पक्राउ गरेको छ ।

lwang-lama

जिउ मास्ने बेच्ने मुद्धामा मकवानपुरको पदमपोखरी गाविसका लामालाई पुनरावदेन अदालत पाटनले २०५८ असोजमा ५ बर्ष कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि फरार भएका लामालाई २३ बर्षपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

पक्राउपछि मकवानपुर जिल्ला अदालतको आदेशले उनलाई कैद भुक्तानका लागि कारागार कार्यालय भिमफेदी पठाईएको सिआईबीले जनाएको छ ।

२०५० साल भदौमा सोही मुद्दाका गोपाल स्याङतानले गार्मेन्टमा काम गर्ने दुई मध्ये एक युवतीलाई विवाह गर्छु भन्दै झुक्याएर दुवैलाई बम्बै पुर्याएका थिए । गोपाल स्याङतान, ज्ञानु भन्ने तितुङ तामाङ र भोटे लामाले बस चढाएर दुई युवतीलाई भारु पचास हजारका दरले एक लाखमा बेचेको प्रहरीले जनाएको छ ।

यसरी युवती बेचेर आएको एक लाख भारु मध्ये ‘आफुले श्रिमती बनाएर ल्याएकी युवतीको विक्रीवापत आएको’ भन्दै पचास हजार गोपाल एक्लैले लिएका थिए । बाँकी बसेको पचास हजार खर्च कटाएर तिनै जनाले बाँडीचुडी लिएको सिआइबीले जनाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

raja-rani-nepali-movie

‘राज्जा रानी’ मैथिली सिनेमाको मुनाफा सामाजिक अभियानमा खर्च गर्ने घोषणा

बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK