भण्डारी मेरिल्याण्ड प्रतिनिधि सभामा विजयी हुँदै रचे इतिहास

ENGLISH

NRN GLOBAL

भण्डारी मेरिल्याण्ड प्रतिनिधि सभामा विजयी हुँदै रचे इतिहास

विजय थापा ,अमेरिका

7 November, 2018 | Sandeep Bhattarai | 3440 Views | comments

ह्यारी भण्डारी

मेरिल्याण्ड राज्यको निर्वाचन क्षेत्र ८ बाट डेमोक्र्याटिक दलका तर्फबाट राज्य प्रतिनिधि सभा सदस्यमा ह्यारी भण्डारी विजयी भएका छन् । भण्डारीले अमेरिका आएका नेपाली समुदायको इतिहासमा सबैभन्दा पहिला मूलधारको राजनीतिमा मेरिल्याण्डको राज्य सभासदमा खाता खोल्न सफल भएका छन् ।

गत जुन २६ ,२०१८ मा भएको प्राथमिक चरणको निर्वाचनमा डेमोक्र्याटिक दलका तर्फबाट उनी दोश्रो स्थान हासिल गरि विजयी बनेका थिए । बुधबार सम्पन्न भएको मध्यावधि निर्वाचनमा उनी दोश्रो स्थानमा आई बिजयी भएका छन् ।

गत जुन महिनामा सम्पन्न प्राथमिक चरणको निर्वाचनमा मैदानमा उत्रिएका ४ जना प्रतिस्पर्धीहरुमा एरिक ब्रोम्वेल पहिलो, भण्डारी दोश्रा र तेश्रो स्थानमा कार्लज्याक्स विजयी भएका थिए । उनलाई यस मध्यावधि निर्वाचनले ढोका खोलि दिएको छ ।

गत प्राथमिक निर्वाचनमा २० हजार ७ सय २६ खसेको मत मध्ये भण्डारीले २८.१ प्रतिशत अर्थात् ५ हजार ९ सय ४१ मत ल्याएर दोस्रो भएका थिए । उक्त चुनाव क्षेत्र जिल्ला ८ मा रिपब्लिकन दलका उम्मेदवारले पाएको मत हेर्ने हो भने डेमोक्र्याटिकक उम्मेदवारको तुलनामा प्राथमिक निर्वाचनमा कम मत पाएको आँकडाले देखाएको थियो ।

सम्भवत यसरी मूलुक बाहिर मूलधारको राजनीतिमा प्रवेश पाउने र सभासद बन्ने भण्डारी पहिला नेपाली मूलका हुन् । यस्तै गरि न्यूह्याम्पशायरबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएकी राज्य डेमोक्र्याटिक दलकि उम्मेदवार मदलसा गुरुंग पनि उप बिजेता बनेकी छिन् । २ हजार २ सय ९२ मत प्राप्त गरेकी थिइन् भने उनले विजयी उम्मेदवारलाई बधाई पनि दिएकी छिन् ।

भण्डारी सन् २०१४ मा चौथो स्थान भएपछि उनी प्राथमिक चरणमै बाहिरिएका थिए । उनी जुन स्थानमा सन् २०१४ मा उप बिजेता बनेका थिए सोही क्षेत्रबाट यस पटक पनि उम्मेदवार बनि सफलता हासिल गरेका छन् । सन् २०१४ मा डेमोक्र्याटिक दलको तर्फबाट आधिकारिक उम्मेद्वार थिएनन भने यस पटक डेमोक्र्याटिक दलको तर्फबाट आधिकारिक उम्मेदवार रहेका थिए ।

भण्डारी अमेरिकी राज्य संसद भवन छिर्न सफल भएका छन् । निर्वाचन क्षेत्र संख्या ८ मा ह्यारीसँगै एरिक ब्रोमवेल र कार्ल ज्याक्शन पनि डेमोक्रेटिक पार्टीका तर्फबाट भिडेका थिए । ह्यारी लगायतले रिपब्लिकन दलका ३ जना उम्मेदवारहरु जो क्लस्टर, जोसेफ बोट्लर र कार्ल ज्याक्सनसँग सामना गरेका थिए ।

मेरिल्याण्ड राज्य अन्तर्गत रिपब्लिकन दलका गभर्नरका लागि सशक्त उम्मेदवार ल्यारी होगनलाई मत हाल्नेले रिपब्लिकन दललाई मत खसालेता पनि डेमो क्र्याटिक दलका उम्मेद्वार ह्यारीको जित भएको छ । भण्डारीले करिव १५ हजार घर दैलो अभियानमा सरिक भएका थिए ।

नेपालको पर्वत जिल्लाबाट सपनाको संसार अमेरिका सन् २००५ मा आएका हुन् । भण्डारी नेपालमा अंग्रेजी भाषामा प्राध्यापन गर्थे भने अमेरिकामा पनि भण्डारी प्राध्यापन पेशामा संलग्न छन् । मध्यावधी निर्वाचनमा हाउस अफ रिप्रिजेन्टेटीभ(प्रतिनिधि सभा सदस्य ) को सबै ४ सय ३५ स्थान ,सिनेटको १ सय स्थान मध्ये ३५ स्थान तथा अन्य ५० मध्ये ३९ राज्यका गर्भनरहरुको निर्वाचन भएको हो । यसको साथै राज्य देखि स्थानीय स्तरका विभिन्न पदको लागि निर्वाचन भएको थियो ।

भण्डारीलाई २०१८ को निर्वाचनमा अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले ठूलो आर्थिक सहयोग गरेका थिए । आफ्नो चुनावी क्षेत्रमा अत्यन्तै व्यस्त रहेता पनि भण्डारीले अमेरिकाका नेपाली समुदायले विभिन्न राज्य तथा शहरहरुमा आयोजना गरेको भेलामा सहभागिता जनाएका थिए ।

भण्डारी अमेरिकी राज्य सभा सदस्यको प्राथमिक निर्वाचनमा विजयी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK