भण्डारीले मिसेस साउथ एसिया क्यानाडा २०१६ मा ताजको लागि प्रतिस्पर्धा गर्ने

ENGLISH

NRN GLOBAL

भण्डारीले मिसेस साउथ एसिया क्यानाडा २०१६ मा ताजको लागि प्रतिस्पर्धा गर्ने

15 June, 2016 | Bipin Acharya | 545 Views | comments

अागामी जुलाई २३, २०१६ मा ब्राम्टनको रोज थियेटरमा हुन गई रहेको मिसेस साउथ एसिया क्यानाडा २०१६ मा ब्रीटिश कोलम्बियाको प्रिन्स जर्जबाट हाम्री नेपाली चेली मिना भण्डारीले अर्थपूर्ण सहभागिता जनाएकी छिन । यो साउथ एसियन कम्युनिटिको नर्थअमेरिकाकै ठुलो मध्येको एक सुन्दरि प्रतियोगिता हो । Mrs. South Asia Canada (Formally Mrs Yummy Mummy Canada) को नाम दिईएको यो प्रतियोगितामा महिलाको ईन्टेलिजेन्स, कन्फिडेन्स र एबिलिटिका मापदण्डका अाधारमा प्रतियोगि साऊथ एसियन ओरिजिनका महिलाहरूको आन्तरिक र शारिरिक सौदर्यताको लागि नम्बर दिईन्छ ।

16061408pressa

उक्त स्कोर प्रतियोगी साऊथ एसियन कल्चर, भ्यालु र सिगनिफिकेन्ट हेरिटेज बारे कति जानाकारि राख्छिन भन्नेबारे टेस्ट स्कोर जोडि बिभिन्न बिधामा सम्मान गरिन्छ । विवाहित नेपाली महिलाले सहभागिता जनाउन पाउने मिसेस साऊथ एसिया क्यानाडामा गृहिणी जीवन बिताइरहेका नेपाली महिलालाई सौन्दर्यताबाहेक सामाजिक क्रियाकलापदेखि आफ्नो व्यक्तित्व विकास गराउने किसिमसम्मका काममा सक्रिय सहभागीता जनाउने अवसर उपलब्ध छ ।

रागामोडल टेलेन्ट एजेन्सि ले २०१३ देखिनै बर्सेनि यो कार्यक्रमहरू गर्दै आएपनि हाम्रो नेपालि कम्युनिटिमा यो कम फेमिलियराईजेसन भएका कारण सहभागि हुने र बिजयि हुने अबसर हामिले गुमाई रहेका थियौ। यस पटक भने हाम्रा अब्बल नेपालि छोरिहरू ऊक्त प्रतिष्षर्धामा ऊभिएर सधैजसो मेडल भारतिय मुलमै जाने गरेको ट्रेनलाई गतिलो चुनौति दिएका छन् । ऊनिहरूको यो अति प्रशंशनिय कदमलाई साथ दिन र भबिश्यमा पनि यस्ता काममा अन्य नेपालि मुलका सुन्दर र शालिन महिला हरूलाई अघि अाऊन प्रेरणादिन तपाई हाम्रो साथको जरूरि छ ।

हामिलाई भेन्कोबर बाट प्राप्त समाचार अनुसार अति शालिन स्बभावकि सुन्दर र शिक्षित मिना भण्डारि काठमाडौ बाट झण्डै १५ बर्ष अधि ब्रीटीश कोलम्बियाको प्रिन्स जर्जमा बसाई सरेकि थिईन । सुरू देखिनै मोडलिङ, नेपालि कल्चर, भेष-भुषा र भाषामा गहिरो चासो राख्ने ऊनले नेपाल को पनि पटक पटक भ्रमण गर्ने र प्रतेक भ्रमणमा केहिन केहि समाज सेवाको एजेन्डा लिएर जाने गर्थिन । बिश्वबिध्यालय बाट समाज शास्त्रमा स्नाकोत्तर ऊपाधि लिएकि मिना भन्डारि नृत्य, योगा र धार्मिक तथा अाध्यात्मिक प्रबचन हरूमा बैभब काल देखिनै गहिरो चासो लिने नेपालि मोडल हुन् ।

मानव मात्रको ऊथ्थानका लागि शारिरीक सुसँगठन आन्तरीक शालिनता र कुसल मानवत्वको त्रिकोणात्मक भुमिका रहन्छ भन्ने जानाकारि पाएपछि मिना भण्डारिले शौदर्यसास्त्रकै अध्ययन र औपचारीक तालिम लिएर हाल सोहि क्षेत्रमा ब्यबसाहिक रूपमा आफुलाई सँलग्न गर्दै अाएकि छन् । मिना भण्डारिमा भएका यि भ्यालु एड फ्याकटर हरूका कारण क्यानडा स्थित को सहभागि बिच हाम्रो नेपालि समुदाय बाट प्रतिष्पर्धा मा खडा भएकि जितको अति ऊच्च सँम्भाबना भएको प्रतिश्पर्धि बनेकि छिन् ।

हालको रागामोडलको प्रतियोगितामा मुख्य मापदण्ड बनाईएको महिलाको ईन्टेलिजेन्स, कन्फिडेन्स, एबिलिटि, साऊथ एसियन कल्चर, भ्यालु र सिगनिफिकेन्ट हेरिटेज आदिमा यि हाम्रि नेपालि चेलि अन्य नेपालि चेलि हरू जस्तै असिमित जानाकारि राख्छिन। जुन अन्य प्रतिष्पर्धिलाई पछि धकेल्न अति सहयोगि हुनेछ ।

यो कन्टेस्ट को दरिलो कन्टेष्टेन्ट मिना भन्डारिकै भाषामा सुन्दरतालाई आन्तरिक र बाह्य दुई प्रकारबाट हेर्ने गरिएको छ। देखिने बाहिरी सुन्दरता हो भने महसुस गरिने आन्तरिक सुन्दरता हो । बाहिरी सुन्दरता पहिलो खुड्किलो हो। यौवनको सुन्दरता क्षणिक हुन्छ, झलक्क देखिन्छ केही बर्समै हराउन सक्छ। तर सोच, व्यवहारले ल्याउने सुन्दरता दीर्घकालीन हुन्छ । बाहिरका साथै भित्री रूपमा पनि मानिस सुन्दर भए सुनमा सुगन्ध थपिएजस्तै हुन्छ ।’

यिलाई अघि बढन आबस्यक पर्ने यदिकुनै कुराको कमि हुन्छ भने तपाई हाम्रो साथ र मोटिभेसन को मात्र हो । तेसैले हामि हाम्रा सम्पुर्ण नेपालि कम्युनिटि का साथि हरूलाई मिना भण्डारि ज्युको तलको लिंकमा गई लाईक गरि प्रोत्साहन दिनहुन आह्वान गर्दछौ । आऊनुस यसपटक जसरि भएपनि ऊक्त ताज नेपालि समुदायभित्रै भित्राऊने अभियानमा सहभागि बनौ ।

https://www.facebook.com/Mina-Bhandari-For-Mrs-South-Asia-Canada-2016-1026095504112709/?fref=ts

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK