भक्तपुर क्यान्सर अस्पतालमा नयाँ एनेक्स वार्ड

ENGLISH

TECH

भक्तपुर क्यान्सर अस्पतालमा नयाँ एनेक्स वार्ड

7 March, 2018 | Kabiraj Adhikari | 4525 Views | comments

प्रदेश नं. ३ का प्रमुख अनुराधा कोइरालाले भक्तपुरस्थित क्यान्सर अस्पतालको नयाँ एनेक्स वार्डको आज उद्घाटन गर्नुभएको छ । अस्पतालको २३ औँ वार्षिकोत्सवका अवसरमा उहाँले सो वार्डको उद्घाटन गर्नुभएको हो ।

File photo of Bhaktapur Cancer Hospital. Photo: THT

सो अवसरमा क्यान्सर, एचआइभीका बिरामीलाई अधिकांश अस्पतालमा भेदभाव र लाञ्चना हुने गरेको बताउँदै प्रदेश प्रमुख कोइरालाले सबै अस्पतालबाट यस्ता भेदभाव र लाञ्छना हटाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भक्तपुर शिक्षा र स्वास्थ्यको गन्तव्यको क्षेत्र भएको बताउँदै भक्तपुरलाई प्रदेशको स्थायी राजधानी बनाए सबै जिल्लाका आमनागरिकलाई सहज हुने बताउनुभयो ।

अस्पतालका सल्लाहकार दिवाकर राजकर्णिकारले अस्पतालमा बिरामीको चाप बढ्दै गएअनुसार भवन र भौतिक संरचनाको अभाव भएको बताउनुभयो । कार्यक्रममा अस्पतालका मेडिकल डाईरेक्टर प्रा.डा.ऋषिकेश नारायण श्रेष्ठका अनुसार सन् २०१३ मा करिब ३४ हजार बिरामीले सेवा लिएकोमा सन् २०१७ मा ६८ हजार बिरामीले सेवा लिएको र तीन हजार चारसय क्यान्सरका बिरामीको उपचार भएको छ ।

प्रत्येक दिन यस अस्पतालमा ९६ बिरामीको उपचार भइरहेको र ओपिडिमा ३०० बिरामीले सेवा लिइरहेका छन् ।

क्यान्सर अस्पताल बिरामीका लागि निःशुल्क बस सेवा सुरु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK